एमालेबाट कीर्तिपुरको मेयर पदमा सुरेन्द्र मानन्धर सिफारिस
आगामी रिक्त पदको निर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयर उम्मेदवारका लागी नेकपा (एमाले)ले सुरेन्द्र मानन्धरलाई सर्वसम्मतिले सिफारिस गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका मानन्धर एक सरल र बौद्धिक नेताका रूपमा परिचित छन् । नेकपा (एमाले)को केन्द्रीय सदस्यको भुमिकामा रहेका मानन्धर पार्टीभित्र र स्थानीय जनजीवनमा समेत लोकप्रिय मानिन्छन् ! त्यस्तै , राप्रपाले धुर्व […]
मौन आवाजका ३ कविता
अकस्मात तिम्रो याद आयो म फर्कंदै गर्दा वेश्यालयको अँध्यारो छिंडीमा स्वर्गवासी आमा देखें र अकस्मात तिम्रो याद आयो । उस्तै नाक उस्तै कान उस्तै उदास आँखा र उस्तै उदाङ्गो वक्ष ! म फर्कंदै गर्दा अभिसापग्रस्त अभावको गल्लीमा भेटें लुरुलुरु हिंडिरहेको दिवंगत पिताको छाँया र अकस्मात तिम्रो याद आयो । उस्तै चिन्ता उस्तै वेचैनी र उस्तै […]
नेपाली कांग्रेस वडा नं २ इकाई समितिद्वारा शुभकामना कार्यक्रम सम्पन्न
चन्द्रागिरि नगरपालिका वडा नं २ नेपाली काङ्ग्रेस वडा कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेपालीहरूको महान चाड शुभ दीपावली ( नेपाल सम्वत न्हु दँ११४५) तथा छठ पर्वको अवसरमा उक्त शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गरिएको हो । नागढुङ्गास्थित विकेट भिल्ला रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ […]
तिहारको आज औँसीको दिन भए पनि किन छैन कुनै पर्व ?
काठमाडौं : तिहारको आज औँसीको दिन भए पनि कुनै पर्व नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार यो वर्ष तिथिको घटबढका कारण औँसीका दिन बेलुकी गरिने लक्ष्मीपूजा हिजो नै गरिएको हो। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार गाई पूजा भोलि परेको छ। तिथिका घटबढका कारण पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष […]
भक्तपुरका नेवार समुदायले आज म्हः पूजा, भोलि भाइटीका मनाउँदै
भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि भाइटीका मनाउने भएका छन् । भक्तपुर नगरपालकाले नगरवासीलाई साँझ ५.१५ बजेपछि म्हःपूजा र भोलि ७ बजेपछि मनाउने भएका हुन् । नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते नैमनाउने निर्णय गरेका छन् ।