इतिहासमै पहिलोपटक साउदी अरबको मरुभूमिमा हिमपात

काठमाडौं । साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको छ । देशको अल–जाफ मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको । भारी वर्षा र असिनापछि हिमपात भएको हो । यसलाई यस क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ । हिमपातपछि अल–जाफ मरुभूमि आश्चर्यजनकरूपमा जाडो भूमिमा परिणत भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार, यसअघि अल–जाफमा हिमपात […]

थानकोटमा “शोणितपुर साँस्कृतिक साँझ” हुँदै

काठमाडौं । थानकोटको ऐतिहासिक महाँलक्ष्मी तथा गणेश जात्राको अवसरमा “शोणितपुर साँस्कृतिक साँझ” हुने भएको छ । प्राचीन सुप्रभापुर अर्थात् वाणासुरको राजधानी शोणितपुरको नामले समेत परिचित थानकोटको आफ्नै इतिहास र साँस्कृतिक महत्व र परम्परा रहिआएको छ । यसै प्राचीन साँस्कृतिक नगर थानकोटमा आउँदै गरेको महाँलक्ष्मी तथा गणेश जात्राको अवसरमा “शोणितपुर साँस्कृतिक साँझ” आयोजना हुने भएको छ […]

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रबाट शिवशरण महर्जन उम्मेदवार

नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगर समितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ देखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा […]

रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। अदालतले तिहार बिदाको ५ दिन उधारो हिरासतसहित जोडेर कात्तिक २३ गतेसम्मका लागि प्रहरीलाई अनुसन्धानको अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रविविरुद्ध अनुसन्धानका लागि थप २५ दिन समय मागेको थियो […]

गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । न्यायाधीशद्धय टेकप्रसाद ढुङ्गाना र नहकुल सुवेदीको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले […]

विमल गुरुङ स्मृति पुस्तकालयद्वारा कविता महोत्सव तथा पुरस्कार वितरण गरिँदै

कवि विमल गुरुङको ५३ औं जन्मजयन्तिको अवसरमा राष्ट्रिय कविता महोत्सव तथा पुरस्कार वितरण कार्यक्रम हुने भएको छ । प्रसिद्ध कवि विमल गुरुङको ५३ औं जन्मजयन्तिको अवसरमा ३३ औं राष्ट्रिय कविता महोत्सव – २०८१ एवम् कवि विमल गुरुङ कृति पुरस्कार-२०८० समर्पण कार्यक्रम हुने भएको छ । विमल गुरुङ स्मृति पुस्तकालयको आयोजनामा यहि कार्तिक २४ गते शनिबार […]

तनहुँको थानीमाई मन्दिरमा आज विशेष मेला लाग्दै

तनहुँ– तनहुँको थानीमाई मन्दिरमा आज विशेष मेला लाग्दै छ । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ ।  पृथ्वीराजमार्गको डुम्रेबाट पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा अन्य दिनको तुलनामा मङ्गलबार र सार्वजनिक बिदाका दिन भीड हुने गरेको छ । सडकको सहज पहुँचका कारण पछिल्लो केही वर्षयता थानीमाई धार्मिक पर्यटकीयस्थलका रूपमा पनि विकास हुन थालेको छ […]

काठमाडौं शिक्षा क्याम्पसको चौथो क्याम्पस सभा सम्पन्न

काठमाडौं । काठमाडौं शिक्षा क्याम्पसको चौथो क्याम्पस सभा सम्पन्न भएको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको साथै (त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त ) विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत २०८० अन्तर्गत प्रमाण पत्र प्राप्त गर्न सफल काठमाडौ शिक्षा क्याम्पसले आफ्नो चौथो क्याम्पस सभा सम्पन्न गरेको हो । प्रमुख अतिथि पूर्वमन्त्री […]

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धूमधामका साथ सुरु भएको हो । चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने […]