चन्द्रागिरिमा सिन्हः जात्रा संस्कृति

सिन्हः संस्कृति: समय र परिस्थितिअनुसार विभिन्न परिवेशमा सिन्हः सिन्दूर उपयोग गरेर सिन्हः संस्कृतिलाई जीवन्त राख्ने गरेको पाइन्छ । संस्कृतिको रूपमा विकसित हुँदै गएको सिन्हः प्रथा सांस्कृतिक महोत्सवहरूमा देवीदेवताहरूलाई सिन्हःबाट अभिषेक गरेर सिन्हः जात्रा मनाउनेसम्मको प्रचलन रहेको छ । समाजमा यसरी हुर्कंदै गएको सिन्हः जात्रा संस्कारलाई संस्कृतिको रूपमा सहजै अ‌ङ्गीकृत गरिदै आएको छ । हिन्दु समाजमा […]

चन्द्रागिरि नगरभित्र बिना सुरक्षा सतर्कता, खुल्लम खुल्ला मासु ओसारपसार, नियमन निकाय मौन

शोणितपुर खबर काठमाडौं । चन्द्रागिरि नगरभित्र बिना सुरक्षा सतर्कता, खुल्लम खुल्ला मासुजन्य कारोबार र ओसारपसार भइरहेको छ । लामो समयदेखि चन्द्रागिरि नगरपालिकाभित्रका बधशालाहरू, मासु बिक्री केन्द्रहरू , बध गरिने पशुपन्छीहरूको अवस्था र जनस्वास्थ्यसँग जोडेर सरोकारवाला स्थानीयहरूले आवाज उठाइरहेको भएपनि त्यस विषयमा मासु व्यवसायी, स्थानीय सरकार , नियामक निकाय तथा उपभोक्ता हित सम्बन्धि काम गर्ने संघ […]

रवि लामिछानेलाई थप १३ दिन हिरासत राख्न अदालतकाे अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की अदालतले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ । सहकारि ठगि प्रकरणामा प्रहरिले रविलाई कात्तिक २ गते पक्राउ गरेकाे थियो ।

हिमाली क्षेत्रको ट्रेकिङ : मर्दी हिमाल 

मर्दी हिमाल अन्नपूर्ण आधार शिविरको छेउसम्म पुगिने पदयात्रा हो। वर्षको दुई सिजन गरेर पाँच महिना यहाँ जान सबभन्दा उपयुक्त महिना हुन्; मार्च, अप्रिल, मे र अक्टोबर, नोभेम्बर। काठमाडौंबाट मर्दीसम्म जानेहरूले ५ दिनको समय छुट्याए पुग्छ। पहिलो दिन काठमाडौंबाट धम्पुस (अस्ट्रेलियन क्याम्प) पुगिन्छ। दोस्रो दिन धम्पुसबाट मर्दी हिमाल बेस क्याम्प (लो-क्याम्प) पुगिन्छ। आधार शिविरबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाल नियाल्न […]

प्रचण्डको थाहा नगर अधिवेशनलाई सम्बोधन, ठुला पार्टीको संगतले माओवादी पनि बिग्रियो

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र काङ्ग्रेसलाई भेडाको संज्ञा दिँदै माओवादी पनि त्यस्तै भइसकेको बताएका छन् । वाइसिएल थाहा नगरपालिका मकवानपुरको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पुराना संसदीय पार्टीहरूको संगतले माओवादी पनि बिग्रिएको बताएका हुन् । ‘भेडाको संगत गर्दागर्दै हामी पनि अलिअलि भेडाजस्तो भइयो। कांग्रेस र एमालेसँग अलि […]