दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाण्डौ ।  दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले रु एक करोड दुई लाख ८७ हजार नौ सय २६ सम्पत्ति कर महानगरलाई तिरेको हो । महानगर-२६ सचिव केदार रिमालका अनुसार संस्थानले आर्थिक वर्ष २०४९/५० देखि आव २०८१/८२ सम्मको घरजग्गा/सम्पत्ति कर बुझाएको हो । 

चन्द्रागिरिमा क्रिकेट प्रशिक्षण सुरु

काठमाडौँ । चन्द्रागिरिको थानकोट त्रिभुवन पार्कमा आजदेखि क्रिकेट प्रशिक्षण सुरु भएको छ । चन्द्रागिरि नगरपालिकामा यही वर्ष दर्ता भइ क्रिकेटको विश्वव्यापी लोकप्रियता र क्रिकेट खेलको संस्थागत विकास एवम् विस्तार गर्न स्थापना गरिएको चन्द्रागिरि क्रिकेट एशोसियसन नेपालले आयोजना गरेको सो प्रशिक्षण कार्यलाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी हात्तिवनको सहयोग रहेको बताइएको छ । माघ २६ गतेसम्म संचालन […]

नेपाललाई ऐतिहासिक सफलताः पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा

काठमाडौँ – महिला टोलीले खो खो विश्वकपको फाइनलमा पुगेर इतिहास रचेको केही घन्टामै नेपाली पुरुष टिमले पनि फाइनलमा स्थान बनाएको छ। कुनै पनि विश्वकपको फाइनलमा पुगेको नेपालको यो ऐतिहासिक अवसर हो। शनिबार भएको पुरुषतर्फको विश्वकप सेमिफाइनलमा नेपालले इरानलाई हरायो। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको खेलमा नेपालले इरानलाई ७२–२० ले हराएर इतिहास रचेको हो। यसअघि शुक्रबार […]

भक्तपुरमा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा

काठमाडौँ । भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रम शनिबार भक्तपुरको दरबार क्षेत्रमा एक भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार ऊर्जा, जल तथा सिंचाइ मन्त्री दिपक खड्का, नेपालका लागि […]

आगामी स्थानीय तह निर्वाचनमा मोओवादीले २५० सिट जित्छ : अध्यक्ष प्रचण्ड

मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले कम्तीमा २५० पालिका माओवादीले जित्ने दावी गरे ।  उनले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको […]

थानकोट गोदाम चोकमा बसपार्क राख्न सिफारिस

काठमाडौँ । चन्द्रागिरि नगरपालिका थानकोट गोदाम चोकमा बसपार्क राख्न वडा नं ४ ले सिफारिस गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित थानकोट गोदाम चोकमा परम्परागत रूपमा रहेको बसपार्क कलंकीमा सरेको लामो समयपछि पुनः त्यही क्षेत्रमा बसपार्क राख्न वडाले नारायणी बस व्यवसायी संघ हेटौंडा, मकवानपुरलाई पत्राचार गरेको हो । यहि माघ ४ गते जारी […]

चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले खाद्य अनुगमन तीब्र बनाएको छ । संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र किराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल)  उद्योग एवं दूधजन्य डेरी उद्योगमा अनुगमनलाई तीव्रता दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ती प्रयोगशाला  ‘फुडल्याब भ्यान’ मार्फत स्थलगत रुपमा परीक्षण गरिएको […]