प्रधानमन्त्रीसँग टिकटकरहरुको भेट : पुनः सञ्चालनप्रति प्रशन्नता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर टिकटकरहरु मिस पवि र अंशु वर्माले नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक पुनः सञ्चालनमा ल्याएकामा धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा उहाँहरुले सरकारले टिकटक पुनः सञ्चालन गरिदिएकाले निर्वाध प्रयोग गरी लाभ लिन सकिएको बताउनुभएको हो । साथै भविष्यमा अघिल्लो सरकारले जस्तै यसलाई बन्द गर्ने खालको […]
नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध तीन करोड घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर गरेको छ । ठेकदार कम्पनीसँग मिलेमतोमा सामान आपुर्ती गरी घुस लिएको अभियोगमा अख्तियारले आज बिशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा खरिदमा संलग्न कम्पनीहरूबाट घुस लिएको आरोप छ । अख्तियारले पौडेलमाथि […]
स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्याउने सम्झौता

काठमाडौँ । राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच सम्झौता भएको हो । सम्झौतापत्रमा स्केटबोर्डिङ सङ्घका तर्फबाट अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासङ्घका तर्फबाट अध्यक्ष […]
चम्पादेवी केबलकारको सार्वजनिक सुनुवाई सम्पन्न

काठमाडाैंको दोस्रो प्रस्तावित चम्पादेवी केबलकार निर्माण सम्बन्धी आज सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनीले निर्माण गर्न लागेको चम्पादेवी केबलकारले पार्ने, पार्न सक्ने वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक सार्वजनिक सुनुवाई कार्यक्रममा कम्पनीका तर्फबाट वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन पेश गरिएको थियो । अनुमानित ६ अर्ब रुपैयाँको लागतमा दक्षिणकाली नगरपालिकाको वडा नं १ बोसनबाट कीर्तिपुर […]
हनि ट्र्यापमा संलग्न एक महिला पक्राउ

काठमाडौं । हनि ट्र्यापमा संलग्न एक महिला काठमाडौंको कुलेश्वरबाट पक्राउ परेकी छिन् । आपराधिक लाभ लिने उद्देश्यले चितवन रत्ननगर नगरपालिका वडा नं. ८ स्थाई घर भई हाल काठमाण्डौमहानगरपालिका वडा नं. १३ कुलेश्वर बस्ने वर्ष २८ की अस्मिता आचार्यलाई ब्ल्याकमेल गरि रकम लिएको कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । राईस कुकर बनाउने […]
चन्द्रागिरि नगरपालिकाको वडा नं २ बालश्रम मुक्त हुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं २ बालश्रम मुक्त वडा हुनेभएको छ । चन्द्रागिरि नगरपालिका वडा नं २ को आयोजना तथा वडा २ अन्तर्गतको बाल अधिकार समितिको समन्वयमा वडा नं २ क्षेत्रलाई बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको हो । पूर्वमन्त्री एवं बागमती प्रदेश सभाका सदस्य रमा आले मगरको प्रमुख आतिथ्यता तथा चन्द्रागिरि नगरपालिकाका प्रमुख […]
मेरो नेतृत्वको सरकारले जगाएका सबै आशा यो सरकारले समाप्त पार्यो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले जगाएको सबै आशा समाप्त पारेको बताएका छन् । प्रतिनिधिसभाको आज बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘मेरो नेतृत्वको सरकारले जगाएका सबै आशा यो सरकारले समाप्त पार्यो । विश्वविद्यालयहरूमा निकै पछि निकै ठूलो दुःखले लागू […]
ग्लोबल आइएमई बैंकले फोटोपत्रकारलाई क्यामरा किन्न बिनाधितो कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि बिना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धि सम्झौतामा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले क्यामरा खरिदको लागि २ लाख देखि ५ लाख रूपैयाँसम्म […]
कृषि विकास बैंकद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा हरि र कृष्णको जोडी प्रथम

काठमाडौं । चन्द्रागिरि ७ स्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा नेपाल विकास बैंककाे २८ औँ वार्षिकोत्सवकाे अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा हरि केसी र कृष्ण सलामीको जोडी प्रथम भएको छ । राष्ट्रिय स्तरको आन्तरिक तथा कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा नापी विभागको हरि र कृष्णको जोडी प्रथम भएको हो । उक्त जोडीको प्रशिक्षकमा नरेन्द्र घर्ती रहनु भएको थियो । […]
चन्द्रागिरिका सुवेदी बिमा प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा चन्द्रागिरि ६ स्थायी घर भएका सुशीलदेव सुवेदी बढुवा भएका छन् । बुधबार बसेको प्राधिकरणको पदपूर्ति समितिको बैठकले हालका निर्देेशक सुवेदीलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो । अब प्राधिकरणको बोर्ड बैठकले उनलाई कार्यकारी निर्देशकको नियुक्ति दिनेछ । प्राधिकरणले आन्तरिक प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक नियुक्ति गर्ने गरी १९ पुसमा प्रस्ताव आह्वान गरेको […]