१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा नचल्‍ने

काठमाडौं। सरकारले सामाजिक सञ्जालहरूलाई नेपालमा एक हिनाभित्र दर्ता नभए रोक लगाउने चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार तेस्रो पटक सूचना प्रकाशित गरेर दर्तामा नआए फेसबुक-इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमा रोक लगाउने चेतावनी दिएको हो ।

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

काठमाडौं । नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने छ । आज महासचिव शंकर पोखरेलले […]

काठमाडौं आउँदै गरेका २ जना नागढुङ्गाबाट रंगेहात पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिराहा जिल्ला, औरही गाउँपालिका–२ बस्ने २३ वर्षीय सितेस कुमार महतो र २० वर्षीय बिष्णु कुमार कामत रहेका छन्। प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले […]

पाथीभरा केबलकार विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं- पाथिभरा/मुक्कुमलुङ सम्पदाको संरक्षण गर्न र केवलकार परियोजना खारेज गर्न माग गर्दै आन्दोलन पक्षधर फुङलिङ निवासी नबराज गुरुङ लगायत ८ जनाले सर्वाेच्च आदालतमा रिट दायर गरेका छन् । रिटमा पाथिभरा देवी दर्शन केवलकार प्रा.लि. र नेपाल सरकार समेत १४ जनालाई प्रतिवादी बनाइएको छ । मन्त्रिपरिषदले ०७५ चैत्र १८ गते निर्णय गरेर पाथिभराको धाममा रहेको वनको जग्गा […]

चन्द्रागिरि यातायात कार्यालयका १७ जना पक्राउ

काठमाडौं : सेवाग्राहीलाई दुःख दिने तथा अभद्र व्यवहार गरेको आरोपमा यातायात कार्यालयका १७ जना पक्राउ परेका छन्। काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित यातायात व्यवस्था कार्यालय गुर्जुधाराका १७ जना पक्राउ परेका हुन् । सेवाग्राहीहरूलाई छिटो काम गरिदिने भनेर अनावश्यक दुःख/हैरानी गरी अभद्र गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको विषयमा आवश्यक […]

यस वर्षको एसइई आजदेखि, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको […]

बागमती प्रदेशले माग्यो तामाङ भाषा र नेपाल भाषाका अनुवादक

काठमाडौं । बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषा सम्बन्धी अनुवादक नियुक्तिका लागि सूचना जारी गरेको छ । बागमती प्रदेश सचिवालयले चैत्र ६ गते जारी गरेको सूचना अनुसार तामाङ भाषा र नेपाल भाषाका अनुवादकहरूको नियुक्ती सम्बन्धी कार्यविधि २०८१ अनुसार बागमती प्रदेश सभा सचिवालयका लागि सहायकस्तर पाँचौ तहको एक जना तामाङ र एक जना नेपाल भाषाको […]