छैटौं चन्द्रागिरि कप फुटसल प्रतियोगिता भाद्र २७ गते हुने, प्रथम पुरस्कार १ लाख

काठमाडौँ । छैटौं चन्द्रागिरि कप फुटसल यहि भाद्र २७ गते हुन लागेको छ । छैटौं नगरस्तरिय फुटसल प्रतियोगिता चन्द्रागिरि नगरपालिका वडा नं ५ स्थित आकाश टोलको कोर्टमा हुने आयोजकले जनाएको छ । चन्द्रागिरि कप फुटसल प्रतियोगिताको विजेताले नगद १ लाख, सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार, सिल्ड,मेडल तथा प्रमाणपत्र पाउनेछन् । […]

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चन्द्रागिरि नगर समितिको दोस्रो सम्मेलन सम्पन्न

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को महिला संगठन अखिल महिला संघ (क्रान्तिकारी) चन्द्रागिरि नगर समितिको दोस्रो नगर सम्मेलन सम्पन्न गरिएको छ । भाद्र ४ गते सम्पन्न दोस्रो चन्द्रागिरि नगर सम्मेलनबाट सुमित्रा अधिकारी, महर्जनको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति गठन गरिएको छ । हरितालिका तीजको शुभकामना आदानप्रदानसहित सम्पन्न गरिएको दोस्रो सम्मेलनले ४१ सदस्यीय कार्यसमिति तथा ७ […]

रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्। उनी बुधबार साँझ ६ बजे नख्खु कारागार जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। लामिछानेलाई गत शनिबार भैरहवाबाट नख्खुमा सारिएको थियो। मानव अधिकार आयोगको निर्देशनपछि सरकारले उनको कारागार स्थानान्तरण गरेको हो। सहकारी ठगी […]

विश्व युवा स्क्राबल च्याम्पियनशिप क्वालालम्पुरमा, चन्द्रगिरिका दुई विद्यालय ब्राइट फ्युचर तथा पथिक ज्ञान निकेतन सहभागी हुने

काठमाडौँ । विश्व युवा स्क्राबल च्याम्पियनसिपको २० औं संस्करण मलेसियाको क्वालालम्पुरमा हुने भएको छ । मुख्य प्रतियोगिता अन्तर्गत २४ खेलहरू हुने उक्त प्रतियोगितामा विभिन्न उमेर समूह अनुसार उत्कृष्ट महिला खेलाडी, उच्च अंकको खेल, उत्कृष्ट शब्द, विशेष (novelty) पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । यहि भाद्र १४ गते शनिबार (३० अगस्ट) देखि भाद्र १६ गते (अगस्ट […]