माओवादी केन्द्रको तर्फबाट थानकोटका सानुकाजी खड्गीसहित ४ जनाको नाम समानुपातिक सदस्यमा सिफारिस

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत समानुपातिक सदस्यमा थानकोटका सानुकाजी खड्गीसहित ४ जनाको नाम सिफारिस गरिएको छ । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट निर्वाचन क्षेत्र नं १० अन्तर्गत प्रत्यक्ष तर्फ सञ्जय लामा एकल उम्मेदवारको रूपमा सिफारिस […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा चन्द्रागिरि २ का टेक बहादुर पोखरेल

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी रणनीतिलाई तीव्रता दिएको छ । यससँगै रास्वपाले समानुपातिककाे सूची पेश गरेकाे छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का टेक बहादुर पोखरेल (प्रभु राम) पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फको बन्दसूची पर्न सफल भएका छन् । यसै […]

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने र बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज पुस १५, तमु ल्होसार पर्व मनाइँदै

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा […]