काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैं । घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा विशेष कार्यक्रमका साथ मनाइँदैछ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायत प्रदर्शन गर्नेछ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहनेछ । […]