‘सम्पत्ति छानबिन आयोग’द्वारा वैशाख ९ गतेदेखि औपचारिक रूपमा कार्य प्रारम्भ

काठमाडाैं । “सम्पत्ति छानबिन आयोग”ले औपचारिक रूपमा वैशाख ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ। २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ। आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले वैशाख ९ गते नै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद […]

कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

काठमाडौँ । कलङ्कीबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको नगद ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित २ जनालाई बुधबार राति पक्राउ गरेको थियाे । पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् […]

सुकुमबासी बस्तीमा शुक्रबार साँझसम्म टहरा खाली गर्न माइकिङ

काठमाडौँ । स्थानीय प्रशासनले काठमाडौँको सुकुमबासी बस्ती खाली गर्न माइकिङ गर्न थालेको छ । बिहीबार साँझबाट सूचना स्वरूप स्थानीय प्रशासनले माइकिङ गर्न थालेको हो । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को निर्देशनपछि बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुकुमबासी बस्ती हटाउने निर्णय गरेको थियो । पहिलो चरणमा  थापाथली, शान्तिनगर स्थित गैह्रिगाउँ, मनहरा खोला […]

शेयर विवाद प्रकरणमा पक्राउ परे शेखर गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई नक्साल क्षेत्रबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले मकालुखबरलाई जानकारी दिए । उनीमाथि बिचौलिया दीपक भट्टसँग व्यावसायिक साझेदारी गरेको आरोप छ । भट्ट यसअघि नै अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।

भ्रामक र अपुष्ट सामग्री प्रकाशन/प्रसारण नगर्न प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं । प्रेस काउन्सिल नेपालले भ्रामक र अपुष्ट सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र पत्रकारलाई निर्देशन दिएको छ । काउन्सिलले बिहीबार ध्यानाकर्षण पत्र जारी गर्दै कुनै व्यक्ति वा संस्थाको ख्यातिमा असर पार्ने खालका तथ्यहीन, आधारहीन, अपुष्ट आरोप लगाई व्यावसायिक छविलाई धुमिल्याउने गरी मिथ्या/भ्रमपूर्ण सामग्री सम्प्रेषण हुने गरेको पाइएको जनाएको छ । काउन्सिलले सत्य, तथ्य […]