चन्द्रागिरिबाट भन्सार छलीको सामान बरामद

काठमाडौं । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरुङमार्गको चेकपोस्टबाट भन्सार छलीको सामान बरामद गरेको छ । बिहीबार बिहान वीरगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसको डिक्कीमा बिल–बिजकबिनाको सामान फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताएका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले बा.प्र.०३–००१ ख ३४९३ नम्बरको बस चेकजाँच गर्दा १५ बोरा विभिन्न कम्पनीका […]
निर्वाचन आयोगले देउवाको १५औँ महाधिवेशनसम्बन्धी पत्र अभिलेखमा राख्यो

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन गर्ने सम्बन्धमा पठाएको जानकारी पत्र अभिलेखमा राखेको छ। देउवाले असोज १३ गते आयोगलाई पत्र पठाउँदै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल मंसिर मसान्तमा सकिने भएकाले १५औँ महाधिवेशन मंसिर २१–२३ गते काठमाडौंमा गर्ने निर्णय भएको जानकारी गराएका थिए। पत्रमा वडा अधिवेशन असोज १५, पालिका असोज २०, […]
कलंकी नापीका सर्भेक्षकसँग पौने ५ करोडको अवैध सम्पत्ति ! पत्नीसमेत अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुविन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ बिगो दाबी गर्दै आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार श्रेष्ठले पदीय मर्यादाविपरीत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी त्यसको केही […]
कांग्रेस चन्द्रागिरिमा अधिवेशनपछि असन्तुष्टि चुलियो, वडा नं. १० का सचिवले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशन सम्पन्न भएसँगै चन्द्रागिरिमा पार्टीको आन्तरिक संगठन र नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्टि सार्वजनिक हुन थालेको छ। चन्द्रागिरि नगरपालिका–१० का नेपाली कांग्रेस वडा कार्यसमिति सचिव बद्रीप्रसाद अर्यालले पदबाट राजीनामा दिएका छन्। २०८३ असोज १५ गते वडा सभापतिलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा उनले आफूलाई क्षेत्रीय प्रतिनिधि बन्नबाट योजनाबद्ध […]
चन्द्रागिरिमा रहेको न्यु डायमन्ड युवा स्पोर्ट्स क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेल्ने

काठमाडौं । चन्द्रागिरिमा रहेको न्यु डायमन्ड युवा स्पोर्ट्स क्लबले नेपालमा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ। क्लबले बुधबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो। कात्तिक १५ देखि २१ सम्म (नोभेम्बर १ देखि७ ) सम्म काठमाडौंमा हुने प्रतियोगिता काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना हुनेछ। घरेलु मैदानमा […]