कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं । प्राकृतिक विपद्का कारण दुई दिन सरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। असोज १८ गते उद्घाटन, १९ र २० गते बन्द सत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुने कांग्रेसले जनाएको […]

चाडपर्वमा काठमाडौंमा ३५ सयभन्दा बढी प्रहरी परिचालन

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सहज आवागमन तथा धनजनको सुरक्षाका लागि ३ हजार ५०६ जना प्रहरी परिचालन गर्ने सुरक्षा योजना सार्वजनिक गरेको छ। योजनाअनुसार १६६ मोबाइल टोली, ५०८ पिकेट, २१० पैदल गस्ती, १५२ क्यूआरटी मोटरसाइकल, १४० कर्डन सर्च, १३३ चेकप्वाइन्ट तथा […]