वरिष्ठ खेलकुद पत्रकार विष्णु थापा सम्मानित

काठमाडौं  । वरिष्ठ खेलकुद पत्रकार विष्णु थापा सम्मानित भएका छन् । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा थापालाई जिल्ला समन्वय समिति काठमाडौंले सम्मान गरेको हो ।

विगत दुई दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय रहँदै आएका थापालाई पत्रकारितामार्फत नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलगायतले सम्मान गरेका हुन् । 

दुई दशकभन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील थापा विगत एक दशकदेखि अन्नपूर्ण पोस्ट्मा कार्यरत छन् । उनले अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको आईसीसी टीट्वेन्टी विश्वकप, १९औं एसियाली खेलकुद, १३औं दक्षिण एसियाली खेलकुदलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताको समाचार संकलन गरिसकेका छन् ।

Scroll to Top