मुग्लिन-नारायणगढ खण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्‍यो

काठमाडौं  । मुग्लिङ-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ । मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने ३ नं. पुलमा नारायणगढ तर्फ आउँदै गरेको बा एडी ८३२२ नम्बरको कारलाई माथिबाट ढुङ्गा खसेर लागेको प्रहरीले जनाएको छ ।

कारमा ढुङ्गा लागे पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

निरन्तर पानी परिरहेकोले पहिरो तथा ढुंगा खस्ने जोखिम कायम रहेको हुँदा अत्यावश्यक कामबाहेक यात्रामा ननिस्किन प्रहरीले अनुरोध गरेको छ । कतै निस्कनुपरे सडकको अवस्थाबारे जानकारी लिएरमात्रै हिँड्न पनि सर्वसाधारणलाई सचेत गराइएको छ ।

Scroll to Top