विज्ञापन
No data was found

'प्राचीनकालमा शोणितपुर नै हालको चन्द्रागिरि नगर'

प्राचीनकालमा शोणितपुर नामबाट प्रख्याति पाएको यो नगर द्वापर युगमा राजा वाणसुरले नामकरण गरेको पाइन्छ ।

विज्ञापन

सोही नाउँबाट पहिचान कायम राख्दै ऐतिहासिक ख्याति कमाउन सफल भएको थियो । लिच्छविकालमा ऐतिहासिक शोणितपुर नगरलाई शिताटीद्रङ्ङ्ग नामकरण गरेको पाइन्छ । यिनै नामबाट प्रसिद्धि पनि पाएको थियो ।
सोही शोणितपुर–सुप्रभानगरी–शिताटीद्रङ्ग (नगर) हुँदै अहिले चन्द्रागिरि नगर नामकरण भएको छ । यो नगरको नाम चन्द्रागिरि भएकाले नगरवासीहरू गौरवान्वित भएका छन् । ऐतिहासिक एवम् धार्मिक महत्त्वको चन्दनागिरि अर्थात् चन्द्रागिरि पर्वत श्रृङ्खला र त्यहाँस्थित भञ्ज्याङ्गको नामबाट नगरपालिकाले आफ्नो परिचय पाएको छ । प्राचीन शोणितपुर नगरभित्र नै चन्द्रागिरि नगरपालिका अवस्थित हुनुले पनि नगरवासीहरू सन्तुष्ट छन् ।

विज्ञापन

शोणितपुर–सुप्रभानगरी–शिताटीद्रङ्ग (नगर) हुँदै अहिले चन्द्रागिरि नगर नामकरण भएको छ ।


प्राचीन ऐतिहासिक एवम् बेग्लै मूल्यमान्यता रहेको अलग अलग रूपमा गुचमुच्च रहेका बस्तीहरू भित्र धर्म, संस्कृति र सांस्कृतिक महत्त्वका देवालय, शिवालय, मठ, मन्दिर एवम् प्राचीन सभ्यताका पीठ र अमूल्य निधिहरू यथेष्ट मात्रामा पाइन्छन् । नेवाः समुदायको वाहुल्यताम अडिएका बस्तीमा कला कौशलमा निपूण पौरखी शिल्पी हातहरू प्रशस्त छन् ।
आफ्नै अस्तित्वमा अडिएका ती नेवाः बस्तीहरू यस प्रकार छन्– धक्वाः, महाद्यःगाँ, किपुल्चा, बल्बु, सतुङ्गः, बोसिगाँ, ल्वहँखा, मच्छेगाँ, तापख्यः, सिंद (सिंरः) आदि । त्यस्तै तकिंबुँ, टोटीपाखा, बालगाँ, गुमरःचा, सिमर्चा आदि नाउँका साना बस्तीहरू पनि आ–आफ्नै अस्तित्वमा उभिएका छन् ।
यहाँका नेवाः समाजभित्रका परम्परागत प्रथा, संस्कार, संस्कृति र त्तांस्कृतिक महत्त्वका अमूल्य सम्पदा र सभ्यताहरू प्रायः पाइलैपिच्छे भेट्टाउन सकिन्छ । पौराणिक मूल्यमान्यताका खोलानाला, पाटी पौवा, ढुङ्घारा, पोखरी, बाटोघाटो र डाँडा पाखाहरूमा प्राचीन सभ्यताका त्तांस्कृतिक अवशेषहरू अहिलेसम्म पनि दुरुस्त भेट्टाइन्छन् । यसको ज्वलन्त उदाहरण हो – सिन्हः जात्रा, बलम्बुको लातिमरः जात्रा, थानकोटको सकिमरः जात्रा, सातगाउँको बखुमदः/बखुमरःजात्रा आदि हुन् ।

  • चन्द्रागिरि अनुशीलन (सांस्कृतिक पक्ष)बाट

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌