कीर्तिपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको विस्तारित बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको विस्तारित बैठक बस्दैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशस्तरीय विस्तारित बैठक भाद्र १९ गते बिहान ७ः३० बजे कीर्तिपुर नगाउँस्थित बाघभैरब व्यांक्वटेमा सुरु हुने जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रवि लामिछानेको उपस्थितिमा आयोजना हुने बैठकमा उपस्थित प्रतिनिधिहसँग सम्वाद गर्ने र सुझाव संकलन गर्ने उद्देश्य रहेको संगठन विभाग प्रमुख बागमती प्रदेशका महामन्त्री सुरेन्द्र भट्टले शोणितपुर खबरलाई जानकारी दिए ।
बैठकमा सम्पूर्ण प्रदेश समिति सदस्यहरु, प्रदेश विभाग पदाधिकारी तथा सदस्यहरु, निर्वाचन क्षेत्र सभापतिसहित समितिबाट ३ जना प्रतिनिधिहरु, पालिका सभापतिसहित समितिबाट ४ जना प्रतिनिधिहरु आमन्त्रित गरिएको भट्टले जानकारी दिए ।

Scroll to Top