ओलीको फेसबुक पेज ‘अनफलो’ गर्दै बालेन समर्थक

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूद्वारा फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन् । मंगलबार अपराह्न मेयर बालेनको स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो ।

कसैले रिपोर्ट गरेका कारण उक्त पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबी गरेको थियो । त्यसपछि बालेनले पोष्ट हटाउने नभई , दोषीलाई करावाही गर्नुपर्ने भन्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । तत् पश्चात् मेयर बालेनका समर्थकहरूले ओलीलाई “अनफलो” गर्न शुरु गरेको हो !

हिजो मंगलबारसम्म प्रधानमन्त्री ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा आज बिहान ६ लाख २ हजारमा झरेको छ ! भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित मेयर बालेनले फेसबुकमा एउटा पोस्ट राखेका थिए ।

बालेन शाहले उक्त पोष्टमा सांसद रेखा शर्माको विषयमा कुनै कारबाही नगरिएको बताउँदै प्रधानमन्त्री ओलीमाथि फेसबूकमार्फत आक्रोश पोखेका थिए । बालेनको पोष्ट हटेपछि शुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानमा दुवै तर्फका प्रशंसक र समर्थकहरूले अभियान नै चलाउँन थालेका छन् !

Scroll to Top