हाईटेन्सन पीडित संघर्ष समितिले अन्तर्कृया गर्दै

काठमाडौं । मर्स्याङ्दी – स्युचाटार , कुलेखानी – स्युचाटारसम्मको चन्द्रागिरि – नागार्जुनका सबै हाईटेन्सन तार पीडितहरुको वृहत भेला बस्ने भएको छ !

नागार्जुन – चन्द्रागिरि क्षेत्रका हाईटेन्सन पीडितहरूले दशकौंदेखि भोगिरहेका विभिन्न समस्याहरूको समाधानकाबारे भेलामा छलफल तथा अन्तर्कृया हुने आयोजकले बताएका छन् !

यहि भाद्र २९ गते दिउँसो १ बजे चन्द्रागिरि नगरपालिकाको वडा नं १२ चुन्देवी चलखेल बजारमा हुन लागेको उक्त भेलामा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ , बागमती प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेल , चन्द्रागिरि र नागार्जुन नगरपालिकाका मेयर , उपमेयर , सम्पूर्ण वडाका वडाध्यक्षहरूका साथै हाईटेन्सन पीडितहरूको उपस्थिति रहने हाईटेन्सन पीडित संघर्ष समितिका अध्यक्ष बसन्त कुमार खत्रीले शोणितपुर खबरलाई जानकारी दिएका छन् !

Scroll to Top