मनकामना केबलकार असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने

काठमाडौं । मनकामना केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । स्तरोन्नतिको काम सम्पन्न भएसँगै केबलकार सञ्चालनमा आउने भएको हो ।

२६ बर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालन हुदैँ आएको  केबलकार  डिजिटल डि कनेक्ट सिस्टममा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।  

अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष  इन्जिनियर तथा प्राविधिकहरुबाट डिजिटल प्रणालीमा रुपान्तरण गर्ने कार्य सम्पन्न भई परिक्षण समेत भइसकेको कमपनीले जनाएको छ । 

Scroll to Top