दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा ल्याइँदै

काठमाडौँ । सरकाले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसीबोका र  ३०० वटा च्याङ्ग्रा ल्याउने कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । 

गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि पछि भाउसमेत घटाइएको थियो । जसअनुसार खसीको २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङ्ग्राको २५ रुपैयाँ सहुलियत दिएर १२२५ रुपैयाँ कायम भएको थियो ।  यसैगरी गतवर्ष बोकाको भाउ पनि खसीकै बराबर थियो । यो वर्ष पनि मूल्य निर्धारण गर्दा खसी र बोका दुबैको भाउ उस्तैउस्तै पर्न सक्ने बताइएको छ । 

 च्याङ्ग्रा मुस्ताङबाट तथा खसीबोका हेटौँडा, दाङलगायतका ठाउँबाट ल्याइने बताइएको छ । 

Scroll to Top