माओवादीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक कहिले ?

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको हो।

जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएको भन्दै माओवादीले बुधबारको संसद अवरुद्ध गरेको हो ।

सभामुख देवराज घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै प्रतिनिधि सभा बैठक स्थगित गरे।

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्ने नरहेको जानकारी गराएपछि माओवादीका सांसदहरूले विरोध जनाएका थिए।

Scroll to Top