नेपाली काङ्ग्रेसले विचार गोष्ठी गर्दै

काठमाडौं । संविधान दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस केन्द्रीय कानुन विभागले “संविधानको एक दशक कार्यान्वयन र चुनौती” विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा असोज १ गते दिउँसो २ बजे नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, ललितपुरमा उक्त विचार गोष्ठी कार्यक्रम हुने नेपाली काङ्ग्रेस केन्द्रिय समितिले जानकारी दिएको छ !

Scroll to Top