विज्ञापन
काठमाडौं । राष्ट्रिय खड्गी समाज चन्द्रागिरि नगर समितिले भोलि बिहान ८ बजेदेखि स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
राष्ट्रिय खड्गी समाज चन्द्रागिरि नगर समिति तथा सामाजिक अभियन्ता हरि महतको संयुक्त आयोजनामा आरोग्य निलायम डाइग्नोष्टिक सेन्टरको सहकार्यमा काठमाडौं वीर अस्पतालका सिनियर कन्सल्टेन्टबाट चेकअप तथा स्वास्थ्य शिविर भोलि शनिबार ८ बजेदेखि दिउँसो २ बजेसम्म थानकोट , साझाघरमा संचालन हुने भएको छ ।
उक्त स्वास्थ्य शिविरमा ७०० रुपैयाँमा होल बडी चेकअप गरिनुका साथै विशेषज्ञ मेडिकल अफिसर डा. राजेश देवको निगरानीमा माइनो , हाडजोर्नी , नसा रोग , छाला र अन्य रोगहरूको चेकअप सल्लाह तथा परामर्श सेवा प्रदान गरिने राष्ट्रिय खड्गी समाजका केन्द्रिय सचिव बाबुकाजी खड्गीले जानकारी दिएका छन् ।