थानकोट (शोणितपुर)
सामाजिक जनजीवनको फूलबारीमा विभिन्न धर्म, संस्कृति र साँस्कृतिक पहिचानको अथाह मनोहारी रङ्गीचङ्गी फूलहरू ढकमक्क फुलेका छन् । त्यस्तै साहित्याकाशमा पनि विभिन्न भावधाराका वैचारिक दार्शनिक चिन्तनकोसाथै सृजनात्मक काव्य–साहित्यका सुन्दर फूलहरू फुलेका छन् । यिनै विभिन्न भावधारा र चिन्तनअनुरूप साहित्यकारहरूले विविध विधामा आ–आफ्नै शैलीमा अभिव्यक्त गर्दै सुवास फैलाइरहेका हुन्छन् । साहित्यकाहरू नेपाली साहित्यका रसिक पाठकलाई परितृप्ति दिने प्रयास गर्ने गर्छन् ।
जुनसुकै गाउँठाउँ होस् वा सहर अनि देश वा विदेश जहाँको पनि आफ्नै सभ्यताको ऐेतिहासिक पहिचान हुन्छ । देशको धर्म, संस्कृति, संस्कार, सांस्कृतिक पक्ष र त्यहाँको भौगोलिक, राजनैतिक, सामाजिक, आर्थिक अवस्थाकोसाथै जीवनशैलीको पहिचानलाई साहित्यको माध्यमबाट जनमानसमा ल्याउन साहित्यकारहरूले अथक परिश्रम गरिरहेका हुन्छन् । विविध जीवनशैली र चिन्तनधारालाई समेटेर राष्ट्रको अक्षुण्णताको सूत्रमा गाँसी अखण्ड, सुदृढ, शान्त र सुन्दर देशका रूपमा प्रस्तुत गर्नु साहित्यकारहरूको कर्तव्य हो ।
त्यस्तै चित्रकला, रङ्गमञ्च, कलाकृति, शिल्प, सङ्गीतका विविध विधाहरूबाट पनि राष्ट्रको पहिचानकालागि विभिन्न भावधारामा प्रस्तुत गरिरहेका हुन्छन् । मुलुक हाँक्ने नीति निर्माताहरूलाई जहिल्यै पनि यिनै कला र साहित्यको माध्यमबाट खबरदारी गरिरहेकै हुन्छन् । जुनसुकै क्षेत्र र विधाको भए पनि साहित्यकार राष्ट्रका गहना हुन् र साहित्य समाजको ऐना हो । त्यसैले साहित्यको विशाल फाँटमा विचरण गर्न कोही कसैलाई पनि छेकबार भएको पाइदैन ।
साहित्यिक गतिविधि
यसै सन्दर्भमा हालको चन्द्रागिरि नगरपालिकाको वडा नं. ३ र ४ अन्तर्गतको थानकोट (साविक थानकोट गा.वि.स. अर्थात् पौराणिक शोणितपुर नगरको केन्द्रबिन्दू) मा साहित्यप्रति अभिरुचि राख्ने केही जागरुक साहित्यकारहरूबाट केही समय अघिदेखि साहित्यिक गतिविधिमा चासो देखाउँदै आएको पाइन्छ । तदनुरूप प्राप्त जानकारीअनुसार यहाँका साहित्यकारहरूबाट विविध साहित्यिक गतिविधि र साहित्यिक संस्था गठन गरी साहित्यिक कार्यक्रमहरू समेत प्रस्तुत गर्दै आएको पाइन्छ ।
सर्वप्रथम थानकोट, चुनिखेलका कृष्णप्रकाश श्रेष्ठ (रसियामा वसोवास गर्दै आउनु भएका उहाँ त्यतैतिर निधन हुनु भयो) को सक्रियतामा बि.सं. २०१२÷२०१३ सालतिर केही साहित्यिक गतिविधि भएको देखिन्छ । त्यसै अवधिमा उहाँकै सक्रियतामा ‘शोणितपुर ग्राम विकास परिषद’ तथा गोदाम टोलमा ‘भविष्य सेवा मिडिल स्कुल’ स्थापना गरी शिक्षाको ज्योति समेत पैmलिन खोजेको देखिन्छ । उहाँबाट रचित ‘उषा अनिरुद्ध मिलन’ नाटक २०१५ सालमा थानकोटका स्थानीय कलाकारहरूको सहभागितामा मञ्चनसमेत भएको थियो । यीनै तत्कालीन अवस्थाको साहित्यिक र सांस्कृतिक गतिविधिको नमुना मान्न सकिन्छ । यसभन्दा अगाडिको कालखण्डमा यहाँ को को साहित्यकारहरू थिए, उहाँहरूको कृति के थियो भन्ने हालसम्म जानकारी हुनसकेको छैन । यो बिषय खोजमूलक छ ।
त्यसपछिका लामो अवधिसम्म साहित्यिक वातावरण मौलाएको देखापर्दैन । फाट्टफुट्ट नेपालभाषामा केही गतिविधि भएको देखिन्छन् । खासमा २०२५÷२०२६ सालतिर मङ्गलोदय माध्यमिक विद्यालय, थानकोटमा अन्तर हाईस्कूल नेपालभाषा साहित्य सम्मेलन भएको थियो । त्यस्तै २०२६÷२७ सालतिर अन्तर हाईस्कूल नेपालभाषा न्ह्यसः लिसः कासा (हाजिर जवाफ प्रतियोगिता) भएको थियो ।
यसरी विभिन्न साहित्यिक गतिविधि भएको र केही साहित्यकारहरूका नेपाली तथा नेपालभाषाका रचनाहरू प्रकाशित भएको देखापर्न थालेको पाइन्छ । त्यसबेला विभिन्न स्कुल, कलेज र साहित्यिक संस्थाहरूबाट विभिन्न साहित्यिक कार्यक्रमहरू हुँदा साहित्यप्रति अभिरुचि राख्ने युवाहरू भाग लिन जाने गर्दथे । तत्कालीन अवस्थामा साहित्यिक गतिविधिमा युवा उत्साह जागेको थियो । त्यसै सिलसिलामा विभिन्न पत्रपत्रिका तथा कलेजहरूबाट प्रकाशन हुने नेपाली तथा नेपालभाषाको साहित्यिक मुखपत्रहरूमा (पत्रिका) समेत आफ्ना लेख रचनाहरू प्रकाशित गराउने क्रम बढ्न थालेको थियो ।
भक्तपुरमा आयोजित विराट नेपालभाषा साहित्य सम्मेलन होस् वा कीर्तिपुरमा आयोजना हुने नेपालभाषा साहित्य सम्मेलन र हाजिर जवाफ प्रतियोगिता होस् भाग लिन पुगेका हुन्थे । उक्त प्रतियोगिताहरूमा भाग लिएर पुरस्कृतसमेत भएको पाइन्छ । यस पङ्तिकार स्वयम् पनि २०३६–२०३९ सालसम्म कीर्तिपुर र भक्तपुरमा आयोजित बिभिन्न साहित्य सम्मेलन र हाजिर जवाफ प्रतियोगितामा भाग लिई पुरस्कृत समेत भएकै हो । तापनि थानकोट क्षेत्रमा एउटा गतिलो साहित्यिक संस्थाको अभाव भने यथास्थानमै रहँदै आएको थियो ।
एउटा खुसिको कुरा लामो समयको अन्तरालमा थानकोटको साहित्याकाशमा साहित्यको केही झिल्को देखा पर्न थल्यो । त्यस समयमा नेपाल सम्वत् ११२५, नयाँ वर्षको विविध
कार्यक्रम आयोजना गर्ने जिम्मेवारी थानकोटले पाएको थियो । यो नै गौरवको कुरा थियो । त्यस कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न ‘न्हूदँ नेपाल सम्वत् ११२५ मू ग्वसाः खलः’ (नयाँ वर्ष नेपाल सम्वत् ११२५ मूल आयोजक समिति) गठन भएको थियो ।
उक्त समितिअन्तर्गत विभिन्न उपसमितिहरूमध्ये साहित्य उपसमिति पनि एउटा थियो । साहित्य उपसमितिको संयोजकमा यस पङ्तिकार (भीमनारायण श्रेष्ठ) को चयन भयो । साहित्य उपसमितिको संयोजकको जिम्मेवारी निर्वाह गर्न ७ सदस्यीय ‘साहित्य ग्वसाः खलः’ (साहित्य आयोजक समिति) गठन गरियो । जसको संयोजकमा भीमनारायण श्रेष्ठ, सदस्यमा – कवीन्द्र गोपाली, ओमप्रकाश श्रेष्ठ, सुमन श्रेष्ठ, कृष्णकुमार नकर्मी, बसुलाल सुवाल र आनन्द महर्जन थिए ।
उक्त ‘साहित्य ग्वसाः खलः’बाट ‘हसना’ नामक (टेलिफोन डाइरेक्ट्री) पुस्तिक प्रकातिशत गरेको थियो । उक्त पुस्तिका सोही ग्वसाः खलःका संयोजकको सम्पादकत्वमा प्रकाशन भएको थियो । उक्त हसना पुस्तिकामा थक्वाः म्हसिका (थानकोट परिचय) नामक यस पङ्तिकारको लेखसहित बलम्बु र कीर्तिपुर टेलिफोन एक्सचेञ्ज अन्तर्गतको टेलिफोन डाइरेक्ट्री प्रकाशित भएको थियो । थानकोटबाट बाहिर रहेका स्थानीय अन्य साहित्यकारहरूले पनि आ–आप्mनो क्षेत्रबाट पुस्तक, पत्रिका प्रकाशित गरी साहित्यिक गतिविधिमा टेवा पु¥याउँदै आएकै देखिन्छ ।
यति हुँदाहुँदै पनि यहाँको साहित्य सृजनाका लागि उर्वरभूमि एवम् ऐतिहासिक, सांस्कृतिक र वैभवशाली थानकोट नगरीमा एउटा साहित्यिक संस्थाको अभाव खट्किनु स्वाभाविकै हो । साहित्यिक संस्थाको अभाव भइरहेको तत्कालीन अवस्थामा यस नगरीका साहित्यप्रति अभिरुचि भएका अग्रज साहित्यकार, सङ्गीतकार र साहित्य र कलाप्रति अभिरुचि राख्ने युवाहरूसमेतको जोश जाँगरमा २०६२ सालमा एउटा संस्थाको जन्म भयो ।
उक्त संस्थाको नाम ‘शोणितपुर साहित्य सङ्गीतका तथा कला समाज’ राख्ने सहमति भयो । यसरी उदय भएको संस्थामा थानकोट निवासी भीमनारायण श्रेष्ठ (यस पङ्तिकार) को अध्यक्षतामा १३ सदस्यीय एउटा समिति गठन भयो । यो संस्था २०६३ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता पनि भयो । सायद थानकोटमा आधिकारिक रूपमा वैधानिक साहित्यिक संस्था यही नै पहिलो हुनुपर्छ ।
ती संस्थामा उपाध्यक्ष – निरञ्जन श्रेष्ठ, सचिव – कवीन्द्र गोपाली, कोषाध्यक्ष – ओमप्रकाश श्रेष्ठ तथा सदस्यहरू – तेजप्रकाश श्रेष्ठ, धनबहादुर गोपाली, इन्द्रगोपाल श्रेष्ठ, मोहनमान श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, बसुलाल सुवाल, पूर्ण सुवाल, सौरभकिरण श्रेष्ठ र मञ्जु गोपाली रहनु भएको थियो ।
त्यो संस्थाको पहिलो पाइलामै वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठद्वारा लिखित ‘शोणितपुर हो प्राचीन नाउँ’ नामक थानकोटको चिनारी पुस्तक प्रकाशन भयो । त्यस संस्थाको मुखपत्रको रुपमा ‘सासंक’ (साहित्य, सङ्गीत र कला जनाउने) नामको साहित्यिक पत्रिका वार्षिक रूपमा प्रकाशन गर्ने जमर्को समेत गरेको थियो । वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठको प्रधान सम्पादकत्वमा प्रकाशित उक्त सासंक पत्रिका भीमनारायण श्रेष्ठको सम्पादन व्यवस्थापक हुनु भएको थियो ।
साथै उक्त संस्थाबाट बिभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको गतिविधिहरू पनि राम्ररी नै सम्पन्न गरेका थिए । २०६४ सालमा नेपाल बालसाहित्य समाजसँगको समन्वयमा राष्ट्रिय बालसाहित्य सम्मेलन समेत आयोजना गरेर सफलताकासाथ सम्पन्न गरेको थियो । उक्त कार्यक्रम मङ्गलोदयमा मा. वि. मा भएको थियो । त्यसपछिका दिनहरूमा पनि बिभिन्न संस्थाहरूबाट साहित्यिक गतिविधिहरू सञ्चालन भएका देखिन्छन् ।
तत्कालीन समयमा विभिन्न विद्यालयहरूबाट पनि साहित्यिक गतिविधि गर्दै आफ्नो साहित्यिक मुखपत्रहरू प्रकाशन गर्ने क्रम बढ्न थाल्यो । फलतः थानकोट माध्यमिक विद्यालयबाट पनि आफ्नो मुखपत्र प्रकाशन भएको पाइन्छ । मङ्गलोदय बहुमुखी क्याम्पसको वार्षिकोत्सवको अवसरमा चन्द्रागिरि नाउँको साहित्यिक पत्रिका वार्षिक रूपमा प्रकाशन भएको पाइन्छ ।
त्यसै कलेजमा अध्ययनरत साहित्यप्रति अभिरुचि भएका राजेन्द्र श्रेष्ठको सक्रियता र सम्पादकत्वमा समसामयिक साहित्यिक भित्ते पत्रिका मङ्गल वाटिका प्रकाशन गर्दै आएको पाइन्छ । केही समयको अन्तरालमा कृष्ण पराजुलीको सम्पादकत्वमा २०६७ देखि २०६८ सालसम्म पुनः सोही मङ्गल वाटिका प्रकाशन भएको पाइन्छ । राजेन्द्र श्रेष्ठ र कृष्ण पराजुलीको सक्रियतामा भित्ते पत्रिकाको रुपमा प्रकाशित लेख रचनाहरूको सङ्गालो मङ्गल वाटिका २०६८ सालसम्म प्रकाशन गर्दै साहित्यिक गतिविधिलाई जीवन्त राखेको पाइन्छ । पछिल्लो समयमा ‘मङ्गलोदय’ नामक साहित्यिक मुखपत्र पनि प्रकाशन भएको देखिन्छ ।
त्यस्तै २०७३ सालमा मङ्गलोदय माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा उक्त विद्यालयबाट ‘मङ्गलोदय स्वर्ण स्मारिका’ प्रकाशन गरेको थियो । मङ्लोदय मा.वि. (तत्कालीन मङ्गलोदय हाईस्कूल) बाट २०२५÷२०२६ तिर नै अन्तर हाईस्कूल
नेपालभाषा साहित्य सम्मेलन र २०२६÷२७ तिर अन्तर हाईस्कूल न्ह्यसः लिसः कासा (हाजीर जवाफ प्रतियोगिता) आयोजना गरिसकेको माथि उल्लेख गरिसकेको छु ।
यस्तै चक्र परम्हंस योग सेवा थानकोट शाखाबाट पनि आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा परम्हंस योग विद्या नामको समसामयिक साहित्यिक पत्रिका केही वर्ष प्रकाशन भएको थियो । उक्त पत्रिकाको प्रधान सम्पादकमा ज्ञानेश्वर खनाल र सम्पादकमा भीमनारायण श्रेष्ठको सम्पादकत्वमा प्रकाशन हुनथालेका थियो ।
त्यस समयमा साहित्यिक वातावरण मौलाउन थालेपछि अन्य संस्थाहरूबाट पनि साहित्यिक रुचि बढाएको देखापर्छ । साहित्यिक कर्म गर्नेहरुका लागि आ–आफ्ना क्षेत्रबाट यथासक्दो सहयोग गर्नुपर्छ भन्ने भावना समेत जुरमु¥याएको थियो ।
अझ साहित्यिक गतिविधिलाई उचाईमा पु¥याउने क्रममा वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ र वरिष्ठ साहित्यकार एवम् व्यंग्यकार मुकुन्द आचार्यको प्रमुख सक्रियतामा २०६८ देखि २०७० सालसम्म शनिवारीय कोठे कवि गोष्ठी सञ्चालन भयो । प्रत्येक महिनाको अन्तिम शनिवार कोठे कवि गोष्ठी सञ्चालन हुने गर्दथ्यो । यो गोष्ठीमा साहित्यप्रेमीहरूको नियमित भेटघाटकोसाथै बाक्लो जमघट पनि हुने त भयो नै साथै नयाँ नयाँ साहित्य सृजना गर्ने क्रम पनि बढ्दै गयो ।
कवि गोष्ठीमा वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, वरिष्ठ हास्यव्यङ्ग्य साहित्यकार मुकुन्द आचार्य, भीमनारायण श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, श्याम बलामी, कृष्ण पराजुली, वसन्त सिग्देल, कपिल पोखरेल, विनयराज श्रेष्ठ, अग्रज श्रेष्ठ, तारावदन श्रेष्ठ, सुनिता सिग्देल, सन्ध्या सिग्देल, सानु पौडेलको नियमित सहभागिता हुने गर्दथ्यो ।
उक्त कवि गोष्ठीमा साहित्यप्रति अभिरुचि राख्ने अन्य व्यक्तिहरूको समेत उल्लेख्य सहभागिता हुने गर्दथ्यो । यसबाट साहित्यप्रतिको अभिरुचिलाई अझ बढवा दिन सक्षम भएको पाइन्छ । फलस्वरुप नयाँ नयाँ कवि लेखकहरू उदय हुन थाल्यो । प्रत्येक महिनाको अन्तिम शनिवार इच्छुक सहभागी साहित्यकारको घरमा पालैपालो कवि गोष्ठी सञ्चालन गरिन्थ्यो ।
तत्कालीन समयमा ‘शोणितपुर साहित्य, सङ्गीत तथा कला समाज’ विविध कारणले निष्कृय भइरहेको थियो । समाजमा कुनै संस्थागत साहित्यिक संस्थाको अभाव महशुस हुन थालेकाले संस्थागत साहित्यिक खाडल पुर्ने हेतुले ‘चन्द्रागिरि साहित्य समाज’ नामक साहित्यिक संस्थाको उदय भयो ।। शनिवारीय कोठे कवि गोष्ठीको उपज नै मान्नु पर्छ यो संस्था गठन हुनुमा ।
मुकुन्द आचार्यको अध्यक्षतामा उपाध्यक्ष – भीमनारायण श्रेष्ठ, सचिव – राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष – श्याम बलामी, सहसचिव – कृष्ण पराजुली र सदस्यहरू – शमिश्रण वाग्ले, ईश्वर बलामी, भुवन गिरी र कपिल पोखरेल रहनु भएको थियो । सल्लाहकारमा वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ रहनु भएको थियो ।
आफ्नो बलबुताले भ्याएसम्म यो संस्था साहित्यिक गतिविधि गर्दै आएको थियो । यसको पहिलो उल्लेख्य कदम नै मान्नु पर्छ ‘शोणितपुर साहित्यिक यात्रा’ । २०७६ असोज ९–१० गते चन्द्रागिरि साहित्य समाज र आर्ष नेपालको संयुक्त आयोजनामा शोणितपुर साहित्यिक यात्रा शुभारम्भ भएको थियो । २ दिने यात्राको पहिलो कार्यक्रममा थानकोट–भालेश्वर–चन्द्रागिरि भञ्ज्याङ्ग–चितलाङ्गसम्मको यात्रा भएको थियो ।
त्यस यात्रामा चन्द्रागिरि साहित्य समाजका उपाध्यक्ष एवम् यस पङ्तिकार भीमनारायण श्रेष्ठ, कोषाध्यक्ष श्री श्याम बलामी, सहसचिव श्री कृष्ण पराजुलीकोे सहभागिता थियो भने आर्ष नेपालका अध्यक्ष श्री रबीन्द्र रिजाल, व्यवस्थापक श्री ज्ञानेन्द्र महत, सदस्य श्री रत्नलाल श्रेष्ठ, पत्रकार श्री दिनेश परियार (दियो पोष्ट–अनलाईन) र अतिथि साहित्यकार श्री लक्ष्मण सापकोटा (पनौती निवासी साहित्यिक म्याराथुन धावक) समेत सहभागी हुनु भएको थियो ।
यात्राको मूल उद्देश्य शोणितपुर (हालको चन्द्रागिरि नगर) र चित्रापुर (चित्लाङ) को ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक महŒवका विषयवस्तुको अन्तरसम्बन्धको खोजी एवम् पहिचान गर्नु थियो । साहित्यको माध्यमबाट कला र संस्कृतिको विकास गर्दै त्यसलाई जगेर्ना थियो । त्यस कार्यका लागि चित्रापुर (चित्लाङ्) को स्थलगत विचार विमर्श एवम् अध्ययन अनुसन्धान गर्नु रहेको थियो ।
चन्द्रागिरि साहित्य समाजलाई आधिकारिक एवम् गतिशील ढङ्गबाट अगाडि बढाउनका लागि २०७७ कार्तिक १५ गते पुनर्गठन भयो । यस पङ्तिकार भीमनारायण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भयो । उक्त कार्यसमितिको उपाध्यक्ष – राजेन्द्र श्रेष्ठ, सचिव – श्याम बलामी, कोषाध्यक्ष – प्रमिला श्रेष्ठ, सहसचिव – मुकुन्द वाग्ले, सदस्यहरू – ईश्वर बलामी, तारावदन श्रेष्ठ, भुवन गिरी र सुजना श्रेष्ठ रहनु भयो ।
निर्वतमान अध्यक्ष श्री मुकुन्द आचार्यलाई वहाँको साहित्यिक क्रियाशीलता एवम् मार्गदर्शकको रुपमा कदर गर्दै संरक्षकमा मनोनयन भएको थियो । वरिष्ठ साहित्यकार श्री तेजप्रकाश श्रेष्ठलाई सल्लाहकारमा मनोनयन गरी निरन्तरता कायम दियो । यस संस्थाबाट हालसम्म पनि विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।
नाटक लेखन र मञ्चन:–
लगभग २०१५ सालदेखि २०४२÷२०४३ सालसम्म तत्कालीन समयमा मनोरञ्जनको माध्यमबाट सामाजिक चेतना जगाउने उद्देश्यले सार्वजनिक डबलीमा नाटक मञ्चन गर्ने र प्रदर्शन गर्ने प्रचलन रहेको पाइन्छ । त्यसबेला थानकोटमा थुप्रै नाटकहरू मञ्चन भएका पाइन्छन् । तत्कालीन युवाहरू माझ नाटक मञ्चन गर्ने गराउने एक किसिमले होड नै चलेको देखिन्छ । स्थानीय युवाहरूले समेत नाटक लेखेर मञ्चन गराएको पाइन्छ । त्यसबेला मञ्चन भएका नाटकहरूकोसाथै स्थानीय साहित्यकारहरूबाट रचित नाटक मञ्चन भएको यहाँ उल्लेख गर्न उचित ठान्दछु ।
त्यसबेला (लगभग २०१५÷२०१६ देखि २०४२÷२०४३ सालसम्म) थानकोटका स्थानीय युवाहरूको सक्रियतामा थुप्र्रै नेपालभाषाका नाटकहरू मञ्चन भएका छन् । त्यसरी मञ्चन भएका नाटकहरूमा चुनिखेल, थानकोटका कृष्णप्रकाश श्रेष्ठबाट रचित ‘उषा अनिरुद्ध मिलन’ नाटक २०१५ सालमा थानकोटका स्थानीय कलाकारहरूको सहभागितामा मञ्चनसमेत भएको थियो ।
त्यस्तै गाःबहाल ललितपुर निवासी ( थानकोटस्थित आदिनारायण मन्दिरको पूजारीको रुपमा आउनु भएका) अमरराज राजोपाध्यायबाट रचित जातया भेद् (२०२८) र चिरिमाँ (२०२९), चिकँमुगल, काठमाडौंका गोविन्द चिकँमूबाट रचित जागृति (२०३३) र इमाखेल, थानकोटका विष्णुप्रसाद श्रेष्ठबाट रचित ह्याउँ निभाः (२०३९) छन् ।
त्यस्तै बाकुननी, थानकोटका सुन्दरप्रसाद श्रेष्ठबाट रचित इन्स्पेक्टरया हत्या (२०२८), च्याःगु इताः (२०२९), र जिगु धरति जिगु आकाश (२०४२) नामका थिए । सिकःछेँ, थानकोटका दुर्गालाल श्रेष्ठबाट रचित एकाङ्की नाटक बदला २०४३ समेत मञ्चन भएको थियो ।
त्यस्तै थानकोट सिकःछेँका दुर्गालाल श्रेष्ठबाट रचित एकाङ्की नाटक बदला २०४३ सालमा मञ्चन भएको थियो ।
थानकोटका साहित्यकार
थानकोट क्षेत्रमा अहिलेसम्मको जानकारीअनुसार केही साहित्यकारहरूको नाम लिन सकिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त साहित्यकार एवम् सङ्गीतकारहरूको नाम ज्यादै न्यून देखिएपनि साहित्यकारहरूको समूह बढ्दो देखापर्छ । यो सुखद अनुभूति हो ।
(क) कृष्णप्रकाश श्रेष्ठ : थानकोट चुनिखेलका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठको नाम अग्रपङ्तिमा आउँछ । उहाँको साहित्यिक यात्रा बेजोडको छ । उहाँ अन्तर्राष्ट्रिय ख्याति प्राप्त साहित्यकार हुनुहुन्छ । उहाँका नेपालभाषा साहित्यका साथै अरू थुप्रै मौलिक ग्रन्थहरू प्रकाशित छन् । उहाँका रुसी भाषा साहित्यका पुस्तकहरू नेपालीभाषामा अनुवाद गरेका थुपं्रै कालजयी ग्रन्थहरू छन् ।
साथै उहाँले नेपालीका स्तरीय ग्रनथहरूका साथै आफ्नो मौलिक कृतिहरू पनि रुसी भाषामा प्रकाशित गर्नुभएको छ । उहाँले थुप्रै साहित्यिक पदकहरू ग्रहण गरी सक्नु भएको छ । नेपाली साहित्यमा योगदान पु¥याए वापत उहाँलाई जगदम्बा श्री पुरस्कार–२०५९, नइदेरुनिख पुरस्कार सन् २०११, शिक्षानुरागीप्रति पुश्किन स्वर्णपदक (रुस), आदि राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ ।
(ख) चन्द्रलाल श्रेष्ठ : थानकोट लाय्ब निवासी स्व. चन्द्रलाल श्रेष्ठले नेवारीभाषामा दाफा भजनका २ (दुई) ओटा पुस्तक लेख्नु भएको भन्ने बुझिन्छ । तर उक्त पुस्तक कुन समयमा प्रकाशन भएको हो जानकारी पाउन सकेन । त्यसैले पुस्तकको नाउँ उल्लेख गर्न पाएन ।
(ग) मोहनमान श्रेष्ठ : थानकोट लाय्ब निवासी मोहनमान श्रेष्ठको नेपालभाषामा ’आसाँद्याः’ नामको कथा सङ्ग्र्रह २०२९ सालमा प्रकाशित भएको छ । आसाँद्याः नामक कथाका लागि भक्तपुरमा आयोजित तत्कालीन विराट नेपालभाषा साहित्य सम्मेलनबाट प्रथम पुरस्कार प्रदान गरिएको थियो । शिक्षण पेशाबाट अवकाश प्र्राप्त उहाँले नेपालभाषा साहित्यमा योगदान पु¥याउनु भएको छ । उहाँको सशक्त कविताहरू भए पनि पुस्तकाकारको रूपमा प्रकाशित भएको देखिँदैन ।
(घ) रामबहादुर श्रेष्ठ : लामो समयसम्म सरकारी सेवामा रही अवकाश हुनुभएका थानकोट चुनिखेल निवासी स्व. रामबहादुर श्रेष्ठ (खरिदार बा) को धार्मिक कविता सङ्ग्रह ‘ज्ञानकुञ्ज’ २०४० सालमा प्रकाशित भएको देखिन्छ । साथै साहित्यकार कृष्णप्रकाश तथा तेजप्रकाशका पिता श्रेष्ठका अन्य लेखरचना, संस्मरणहरू पनि प्रकाशनमा आएको देखिन्छ । तत्कालीन सोभियतभूमि पत्रिकामा उहाँका संस्मरणहरू पनि प्रकाशित भएको पाइन्छ ।
(ङ) तेजप्रकाश श्रेष्ठ : थानकोटको साहित्यिक धरोहर वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ पनि थानकोट चुनिखेल निवासी हुनुहुन्छ । उहाँको पहिलो पुस्तकाकार कृति ‘बाँचेका क्षणहरू’ २०३८ सालमा प्रकाशित भए पश्चात साहित्यिक यात्रामा उहाँ अनवरत रूपमा
बेलगाम कुद्नु भएको पाइन्छ । निजामति सेवामा रहेर पनि विशेषतः बालसाहित्यतर्फको दर्जनौ कृति प्रकाशित गर्नु भएका उहाँको कथासङ्ग्रह, उपन्यास, कविता सङ्ग्रह, लोकसाहित्य, नियात्रा, लोकसंस्कृति र विविध क्षेत्रका साहित्य लेखनको दर्जनौ कृतिहरू प्रकाशित भइसकेका छन् ।
उहाँको ‘शोणितपुर हो प्राचीन नाउँ’ थानकोटको चिनारी नामको पुस्तक शोणितपुर साहित्य सङ्गीतका तथा कला समाजबाट प्रकाशित भएको छ । निजामति सेवाबाट निवृत्त जीवन बिताइरहनु भए तापनि साहित्यिक कर्ममा निरन्तर लागिरहनु भएकोछ । ‘माखाल’ उपन्यास २०८१ प्रकाशन भएको छ । उहाँको प्रकाशोन्मुख कृतिहरू तँछाड मछाड गरी लाइन लागेर बसेको बुझिन्छ ।
(च) गौतमदास अमात्य : थानकोट इमाखेलका स्व. गौतमदास अमात्य नेपालभाषा साहित्यको विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो । जन्मदेखि शारीरिक अपाङ्गता व्यहोर्दै आउनु भएका उहाँ मानसिक रूपमा भने साङ्ग नै हुनुहुन्थ्यो । उहाँको कृति नेपाल सम्वत् १११० मा कविता – जिगु जीवनया अमर सङ्गीत खः कविता सङ्ग्रह प्रकाशित भएको छ । उहाँको दोस्रो कृति भावनाया मूस्वां नेपालसम्वत् ११२२ मा प्रकाशित भएको छ ।
(छ) धनबहादुर गोपाली : थानकोट चोछेँ निवासी धनबहादुर गोपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हुनुहुन्छ । गायन विधातर्फ शास्त्रीय सङ्गीतमा राम्रो दखल भएका उहाँको थुप्रै गीत सङ्गीतका क्यासेट र सि.डि. प्रकाशित छन् । हालसालै मात्र पद्मकन्या कलेजको सह–प्रध्यापकबाट अवकाश लिनु भएका सङ्गीत प्रवीण उहाँ कलानिधि इन्दिरा सङ्गीतका महाविद्यालयको प्रधानाचार्य हुनुहुन्छ । हाल उहाँ शास्त्रीय सङ्गीत समाजको अध्यक्ष समेत हुनुहुन्छ । उहाँको ‘सङ्गीतका सूत्र’ भाग–१ ग्रन्थ २०६१ सालमा प्रकाशित भएको र यसपछि ‘सङ्गीतका सूत्र’ भाग–२ प्रकाशित भएको छ । यीे ग्रन्थहरू आई. ए. र बी. ए. तहको सङ्गीत बिषयको पाठ्यपुस्तकका रूपमा पठनपाठन हुने गरेको छ ।
(ज) भीमनारायण श्रेष्ठ : थानकोट लँठ निवासी भीमनारायण श्रेष्ठ नेपालभाषा साहित्यमा २०३६ सालमा प्रवेश गरेर नेपाली साहित्यमा समेत कथा, कविता र विभिन्न विधामा कलम चलाउँदै रहनुभएको छ । उहाँ नेपालसम्वत् ११२५ को अवसरमा प्रकाशित ‘हसना’ नामको टेलिफोन डाइरेक्ट्रीको साहित्य संयोजक हुनुहुन्थ्यो । उहाँको त्यस पुस्तिकामा ‘थक्वाः म्हसिका’ (थानकोटको परिचय) नामक नेपालभाषाको लेख प्रकाशन भएको थियो । शोणितपुर साहित्य सङ्गीतका तथा कला समाजका अध्यक्षको जिम्मेवारीसमेत लिनुभएका उहाँका विभिन्न पत्रपत्रिकाहरूमा कथा, कविता र लेखहरू प्रकाशित भएका छन् । उहाँको कृति भावलहर’ कविता सङ्ग्रह २०७७ मा प्रकाशित भएको छ । हाल उहाँ चन्द्रागिरि साहित्य समाजको अध्यक्ष हुनुहुन्छ ।
(झ) सौरभकिरण श्रेष्ठ : चु्निखेल, थानकोटकासौरभकिरण श्रेष्ठ (वरिष्ठ साहित्यकार तेजप्रकाशका सुपुत्र) को कलेजका दिनहरू, आखिर मञ्जरी तिमी उपन्यासहरू, कथा हजुर बाको कथा सङ्ग्रह, म पनि भाग लिन्छु, साथीसँग बनभोज, घर फर्कँदा जस्ता दर्जनौ बालसाहित्यका पुस्तकहरू प्रकाशित भएका छन् । साथै उहाँ सुनकेस्रा बालपत्रिकाको सम्पादक भएर लामो समय साहित्यिक क्षेत्रमा क्रियाशील रहनु भएको थियो । हाल पनि उहाँका साहित्यिक कृतिहरू प्रकाशित हुँदैछन् ।
(ञ) मौन आवाज : थानकोट टेकानपुर निवासी मौन आवाज (श्याम बलामी) को यो शताब्दीमा म पनि छु कविता सङ्ग्रह २०७१ सालमा प्रकाशित भएको छ । साहित्यकार मौन आवाजको थुप्रै कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् । प्रतिबिम्ब समसामयिक मासिक पत्रिकाको प्रधान सम्पादक र बलामी आवाज पत्रिकाको सम्पादकको भूमिकासमेत निर्वाह गर्नुभएको छ ।
त्यस्तै गोरखाबाट प्रकाशित चिहान मासिक र गोरेटो मासिक साहित्यिक पत्रिकामा सम्पादनको भूमिकासमेत निर्वाह गर्नु भएको थियो । उहाँको सक्रियतामा अग्रसर पुस्तकालयको भवन निर्माण गरी पुस्तकालय सञ्चालन भइरहेको छ । हाल चन्द्रागिरि साहित्य समाजको सचिवको जिम्मेवारीमा रहनुभएको छ ।
(ट) शिवप्रसाद श्रेष्ठ : ताहाननी थानकोटका शिवप्रसाद श्रेष्ठको नेपालभाषाको थक्वाः देशय् ह्वःगु स्वाँ कविता सङ्ग्रह नेपालसम्वत् ११३७ मा प्रकाशित भएको छ । अर्को नेपालीभाषाको एउटा कविता सङ्ग्रह प्रकाशोन्मुख रहेको बुझिएको छ ।
(ठ) तारावदन श्रेष्ठ : थानकोट चुनिखेलमा जन्मिनु भएकी तारावदन श्रेष्ठ बालसाहित्यकार हुनुहुन्छ । उहाँको माकुराको जुत्ता र छेपारोको पुच्छर बालकथा सङ्ग्रह हुन् भने चटपटे, मिठो बास्ना र साने आदि बालचित्रकथाहरू हुन् । हिउँमा चिप्लिँदै यात्रा संस्मरण २०८० मा प्रकाशित भएको छ । यसका अतिरिक्त लेख, नियात्राहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । अरू पनि थुप्रै बालसाहित्यका पुस्तकहरू प्रकाशित हुने क्रममा छन् ।
(ड) दुर्गालाल श्रेष्ठ : थानकोट सिकःछेँका दुर्गालाल श्रेष्ठबाट एकाङ्की नाटक बदला लेख्नु भएका उह
साथै विभिन्न लेखहरू कृतिको रूपमा प्रकाशित भएको नदेखिए तापनि केही रचनाहरू पत्रपत्रिकाहरूमा प्रकाशित भएको बुझिन्छ ।
(ढ) किसन आलेमगर (कृष्णहरि) : थानकोट माटिखेलका किसन आलेमगर (कृष्णहरि) को पहिलो कृति नलेखेको साइनो उपन्यास २०७६ सालमा प्रकाशित भएको छ । उहाँको गीत÷गजल, कविता, एकाङ्की नाटक, कथा र समसामयिक लेख रचनाहरू विभिन्न पत्रपत्रिकाहरू प्रकाशित भएका छन् । अझ उपन्यास र कथा सङ्ग्रह प्रकाशोन्मुख रहेको बुझिन्छ ।
४ स्थानान्तर भई थानकोटमा बसोवास गर्ने साहित्यकार :–
अन्यत्र जिल्ला÷ठाउँबाट आएर हाल थानकोटमा बसोवास गरिरहनु भएका साहित्यकारहरूको साहित्यिक गतिविधि पनि यहाँ उल्लेख गर्न आवश्यक देखिएकोले जानकारीमा आएसम्मको प्रस्तुत गर्ने जमर्को गरेको छु ।
(क) मुकुन्द आचार्य : बारा जिल्लाबाट स्थानान्तर भई त्रिभुवनपार्क पछाडि (टेकानपुर नजिक) करीब ९÷१० वर्षजति बसोवास गर्नु भएका वरिष्ठ साहित्यकार मुकुन्द आचार्य हास्यव्यङ्ग्य साहित्यिक क्षेत्रमा विशेष दखल भएका साहित्यकार हुनुहुन्छ । झन्डै चार दशक अध्यापन र पत्रकारिता क्षेत्रमा जीवन बिताइसक्नु भएका उहाँ कतिपय पत्रिकाको स्तम्भकार, सम्वाददाता, सम्पादक, प्रधानसम्पादक समेत हुनुहुन्छ । उहाँको विगत र वर्तमान, पठ्ठो बन्ने रहरमा र नेताको रूपलाई चुरोटको धूप व्यङ्ग निवन्ध उल्लेखनीय छन् । उहाँको पछिल्लो कृति २०८० मा अथ हाकिमोक्वाच (हास्यव्यङ्ग्य–निबन्ध) प्रकाशित भएको छ ।
उहाँको व्यङ्ग्य साहित्य, नाटक र उखानटुक्का मौलिक कृतिकासाथै भोजपुरी साहित्य नेपालीमा अनुवादसमेतका थुप्रै कृतिहरू प्रकाशित भएका छन् । नेपाली र भोजपुरीभाषाबाट कविताका साथै नाटक लेखन र निर्देशनसमेत गर्नुभएका उहाँले विभिन्न संस्थाहरूबाट सम्मान र पुरस्कार समेत ग्रहण गरिसक्नु भएको छ । साहित्यिक यात्राको प्रेरणाका स्रोत उहाँ जीवनको उत्तराद्र्धमा पनि साहित्यिक कर्ममा फुर्तिला योद्धा नै हुनुहुन्छ । शोणितपुर कोठे कवि गोष्ठीका सर्जक उहाँ चन्द्रागिरि साहित्य समाजका संरक्षक समेत हुनुहुन्छ ।
हाल उहाँ गोकर्णेश्वर नगरपालिका – ७, दक्षिण ढोका, भैरव अर्याल मार्गमा स्थानान्तरण भए तापनि थानकोटमा उहाँको साहित्यिक सक्रियताको साइनो बिर्सन नसकिने खालको छ ।
(ख) प्रेमबहादुर सिंह : कालिकोट जिल्लाबाट चन्द्रागिरि न.पा. – ४, थानकोट त्रिभुवनपार्क पछाडिको इलाकामा बसोवास गरिरहनु भएका साहित्यकार प्रेमबहादुर सिंह पूर्व मन्त्रीसमेत हुनुहुन्छ । उहाँको संविधान निर्माण ः एक अनुभूति प्रकाशित भएको छ । साथै विभिन्न लेख रचनाहरू पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् ।
(ग) सुरेन्द्र देवकोटा ः गोरखा जिल्लाबाट स्थानान्तरण भई आउनु भएका साहित्यकार सुरेन्द्र देवकोटा चन्दागिरि न.पा. –३ थानकोटमा बसोवास गरिरहनु भएको छ । उहाँको कृति ‘संलाप’ (गजल सङ्ग्रह), ‘नवोदित पाईलाहरु’ (कविता सङ्ग्रह), ‘पुस्तान्तर’ (कथा सङ्ग्रह) र जमघट (कविता सङ्ग्रह) प्रकाशित भइसकेको छ । साथै गोरखाबाट प्रकाशित चिहान मासिक र गोरेटो मासिक साहित्यिक पत्रिकामा प्रधान सम्पादनको भूमिकासमेत निर्वाह गर्नु भएको थियो ।
(घ) सुरेन्द्र काफ्ले : षदानन्द –१०, साङपाङमा जन्मेर इटहरी सुनसरीबाट स्थानान्तरण भई आउनु भएका सुरेन्द्र काफ्ले हाल थानकोट, टेकानपुरमा बसोवासर गरिरहनु भएको छ । उहाँले पहरी जातिको अनुसन्धानात्मक पुस्तक लेख्नु भएको छ । नेपालको लिम्पियाधुरा, कालापानी तथा सो क्षेत्रको सीमा सम्बन्धी खोजमूलक लेखको पुस्तक प्रकशोन्मुख रहेको जानकारी समेत प्राप्त भएको छ । साथै नेपालगञ्जबाट प्रकाशित ऋतम्भरा दैनिक पत्रिकाको उहाँले प्रधान सम्पादकको भूमिकासमेत निर्वाह गरिसक्नु भएको छ । पत्रकारिता क्षेत्रमा संलग्न उहाँको थुप्रै लेख रचनाहरू पत्रिकामा प्रकाशन हुने गरेको छ ।
५ फुटकर रचनाका साहित्यकारहरू
साहित्य सृजनामा लाग्नुभएका निम्न उल्लेखित साहित्यकारहरूको कृति प्रकाशित भएको नदेखिए तापनि विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएको जानकारी भएकोले ती साहित्यकारहरूको नाम समेत यहाँ प्रस्तुत गर्न सान्दर्भिक देखिन्छ ।
१) इन्द्रगोपाल श्रेष्ठ (थानकोट, चुनिखेल)– अङ्ग्रेजी साहित्यका लेखहरू पत्रपत्रिकामा प्रकाशित छन् ।
२) घनश्याम गिरी (थानकोट, गलवन)– गीत÷कविता प्रकाशित ।
३) ज्ञानेश्वर खनाल (हाल थानकोट, माटिखेल) –विभिन्न लेखहरू पत्रपत्रिकामा प्रकाशित ।
४) ओमप्रकाश श्रेष्ठ (थानकोट, इमाखेल) – नेपालभाषाको कविता पत्रपत्रिकाहरूमा प्रकाशित ।
५) वसुलाल सुवाल (थानकोट, इमाखेल) – कविता पत्रपत्रिकाहरूमा प्रकाशित ।
६) दीपककिरण श्रेष्ठ (थानकोट, चुनिखेल) – कविता पत्रपत्रिकाहरूमा प्रकाशित ।
७) मोहन बलामी (थानकोट, टेकानपुर) – बलामी संस्कृतिका लेखहरू पत्रपत्रिका प्रकाशित ।
८) सुमन श्रेष्ठ (थानकोट, खरिबोट) – विभिन्न लेख पत्रपत्रिकामा प्रकाशित ।
९) विनयराज श्रेष्ठ (थानकोट, लँठ) – कविता पत्रपत्रिकाहरूमा प्रकाशित ।
१०) ईश्वर बलामी (थानकोट, टेकानपुर) – गजन र कविता पत्रपत्रिकाहरूमा प्रकाशित ।
११) उमेश महर्जन (थानकोट, इमाखेल)– कविता र अन्य लेखहरू पत्रपत्रिकाहरूमा प्रकाशित ।
१२) शमिश्रण वाग्ले (मुकुन्द वाग्ले) (हाल थानकोट) – कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित ।
१३) भुवन गिरी (थानकोट, गलवन) – कविता पत्रपत्रिकाहरूमा प्रकाशित ।
१४) सीतादेवी शर्मा : (खजुरा –३, बाँकेबाट चन्द्रागिरि नगरपालिका –४, टेकानपुर थानकोट) शिक्षण पेशामा संलग्न उहाँको कविताहरू पत्रपत्रिकामा प्रकाशित ।
अन्त्यमा
साहित्यिक क्षेत्रमा लागेका अरू पनि धेरै साहित्यकारहरू होलान् । यो सानो लेखमा सबैलाई समेट्न सकिएन । जानकारी प्राप्त भएमा अर्को पटक समावेश गरिने छ । विद्यार्थी भाइबहिनीहरूमा पनि साहित्यिक सिर्जना लहर पैmलिरहेको देखिएकाले अझ बढी साहित्यिक वातावरण फक्रने छ भन्ने विश्वास पलाएको छ । भविश्यमा थानकोट मात्र हैन सिङ्गो चन्द्रागिरि नगरपालिका (प्राचीन शोणितपुर क्षेत्र) नै साहित्यमय बन्ने छ भन्ने आशा र विश्वास लिन सकिन्छ ।
०५ कार्तिक, २०८१, चन्द्रागिरि – ०४, थानकोट