विज्ञापन

'“रारा” !'

विज्ञापन

रारा

रारा तिम्रो वक्षस्थलमा
स्नेहको न्यानो छाल भेटें
ड्यौडाको सौम्य चालमा
आमाको ममता भेंटें ।

विज्ञापन

सौन्दर्यको नीलो जलमा
प्रेमको छल्छल् स्पर्श भेंटें
हरिया पर्वत शृंखलामा
सद्भावका आँचल भेंटें ।

छायानाथको पोल्टामा
मधूर गीतसंगीत भेंटें
रारा तिम्रो स्वच्छ नभमा
अलौकिक आनन्द भेटें ।

उच्चस्थलको आंगनमा
मार्सीको सुगन्ध भेटें ।
जाँगरिला हातहरूमा
श्रमका बिम्बहरू भेटें ।

उतुंगका भीरपहरामा
कष्टसाध्य जीवन भेटें
सल्लाका सर्सराहटमा
कर्णालीकै निस्वास भेटें ।

मन्द पवन प्रवाहमा
सन्तोषी जीवन भेटें
रारा तिम्रो मुस्कानमा
जीवन दर्शन नै भेटें ।

दुख सुखको गुजुल्टोमा
मिठो आत्मज्ञान नै भेटें
रारा तिम्रो मातृत्वमा
अनुपम मुस्कान भेटें ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

दक्षिण कोरियामा व्यापक प्रदर्शन

अयोध्याबाट जनकपुर आइपुगे जन्ती

चन्द्रागिरि सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मानन्धर

मुक्तिनाथमा १ करोड १ लाख १ हजार १ सय १ दिप प्रज्वलन गरिने

तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

सुदूरपश्विचिमको उत्कृष्ट सुरुवात विराटनगर ९२ रनमा अलआउट

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत