विज्ञापन
No data was found

'डेङ्‌गीबाट बच्ने उत्तम उपाय'

संक्रमण फैलाउने लामखुट्टेको वासस्थान नष्ट गर्नु डेङ्गीबाट बच्ने उत्तम उपाय हो । यससँगै हातखुट्टा ढाक्ने कपडा लगाउनुपर्छ । लामखुट्टेको टोकाईबाट बच्ने उपाय अवलम्बन गर्नुपर्छ ।
डेङ्गी के हो ?
डेङ्गी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेले टोकेपछि मानिसमा हुने संक्रमण डेङ्गी हो । यो रोग एक मानिसबाट अर्को मानिसमा आँफै सर्दैन । यद्यपि, संक्रमित व्यक्तिलाई टोकेको एडिज जातको लामखुट्टले स्वस्थ व्यक्तिलाई टोक्यो भने सर्न सक्छ ।
यो लामखुट्टे कहाँ पाइन्छ ?
डेङ्गी फैलाउने लामखुट्टे सफा पानीमा बस्छ । उसको प्रजनन् पानीमै हुन्छ। यसकारण घरमा भएका सफा पानी हुने फ्रिज, कुलर, एसी, गमला, फुलदानी, प्लाष्टिकको बोतल, अण्डाको खोल, टायर, बाल्टिनजस्ता भाँडामा पानी जम्न दिनु हुँदैन ।
सामान्य लक्षण
एक्कासी उच्च ज्वरो आउनु डेङ्गीको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिंगटा लाग्ने, वाक्वाकी लाग्ने, वान्ता हुने, शरीरमा विमिरा आउने हुनसक्छ । हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने समस्या पनि हुनसक्छ ।
डेङ्गीको जटिल अवस्था
लगातार वान्ता हुनु, वान्तामा रगत देखा पर्नु, अत्याधिक पेट दुख्नु, सास फेर्न गाह्रो हुनु, गिजाबाट रगत बग्नु, बेहोस हुनु डेङ्गीको जटिल अवस्थाका लक्षण हुन् ।
उपचार
डेङ्गी सङ्क्रमण आत्तिनु हुँदैन । झोलिलो खानेकुरामा जोड दिनुपर्छ । जटिल लक्षण देखिए उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा जानुपर्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌