विज्ञापन
No data was found

'विवादबीच पाथीभरामा केबलकार शिलान्यास गर्न खाेज्दा झडप'

काठमाडौँ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ ।

विज्ञापन

केबलकार बनाउन दिने र नदिने पक्षमा रहेका स्थानीयबिच शुक्रबार झडप भएको हो । झडपमा सुरक्षाकर्मीसहित कम्तीमा चारजना घाइते भएका छन् ।
केबलकार बनाउन नदिने पक्षका चन्द्र मादेन घाइते भएका प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
केबलकार निर्माण क्षेत्रमा एक्स्काभेटर लैजाने विषयमा विवाद भएको हो । निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनले काफ्लेपाटीबाट एक्स्काभेटर लैजाँदा आन्दोलनरत पक्षले अवरोध गरेकाे थियाे । त्यसपछि प्रहरीले एक्स्काभेटरको चाबी लिएको थियो ।
प्रहरीसँग चाबी माग्दै आन्दोलनरत पक्षले विरोध जनाएको थियो । सोही क्रममा दुई पक्षबिच ढुंगा हानाहान भएर झडपको स्थिति सिर्जना भएको हो ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु