विज्ञापन
No data was found

'प्रचण्डको थाहा नगर अधिवेशनलाई सम्बोधन, ठुला पार्टीको संगतले माओवादी पनि बिग्रियो'

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र काङ्ग्रेसलाई भेडाको संज्ञा दिँदै माओवादी पनि त्यस्तै भइसकेको बताएका छन् ।

विज्ञापन

वाइसिएल थाहा नगरपालिका मकवानपुरको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पुराना संसदीय पार्टीहरूको संगतले माओवादी पनि बिग्रिएको बताएका हुन् ।

विज्ञापन

‘भेडाको संगत गर्दागर्दै हामी पनि अलिअलि भेडाजस्तो भइयो। कांग्रेस र एमालेसँग अलि बढी संगत गरियो। यो संगत गर्ने जात होइन रहेछ। उनीहरू अर्कै जातका मान्छे हामी अर्कै जात।’ प्रचण्डले भने, ‘कुजातसँगको संसर्गले हामीलाई पनि रोग सार्‍यो। हामी पनि धेरथोर मैलामैला जस्ता बिग्रिएका जस्ता, जनताले हेर्दा पनि उस्तै उस्तै भन्दा लाज लाग्न थालेको छ । तर , नेपालमा गणतन्त्र सम्भव नै छैन भन्ने पार्टी र हजारौंको बलिदानी गर्नेको तुलना ढिलो , चाँडो जनताले अवश्य गर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी नेतृत्वको सरकारले गरेका कामलाई समेत आफ्नो सय दिने उपलब्धिमा लाज नमानी समावेश गरेको जिकिर गरे ।

सामाजिक , राजनीतिक संरचना बढल्नेगरी माओवादीले नयाँ समाजवादी व्यवस्था निर्माणमा धेरै राम्रो काम गर्दा पनि जनस्तरमा स्थापित गर्न नसक्नु बिडम्बना भएको बताए ।

मकवानपुर थाहा नगर वाइसीएलको दोस्रो अधिवेशनको उट्घाटन गर्न प्रचण्ड ऐतिहासिक चन्द्रागिरि मार्ग चित्लाङ्ग हुँदै कार्यक्रम स्थल पुगेका थिए ।

चित्लाङ्गका स्थानिय र पार्टी पदाधिकारीहरूले उनको भव्य स्वागत गरेका थिए । सो क्रममा उनले गणेशमान सिंह राजमार्गको स्तरोन्नतिको विषयमा आफुले पहल गर्ने समेत बताएका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिले मंसिर २० गते वृहत् भेला गर्दै

चन्द्रागिरिमा छैठाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे मेयर गिरीद्वारा उद्घाटन

मकवानपुरको थाहा नगरमा इन्द्रायणी जात्रा सुरु

के हो स्क्राबल ?

हेटौंडामा ११औं राष्ट्रिय स्क्राबल प्रतियोगिता भोलिदेखि सुरु हुँदै

१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेश्रो साता