विज्ञापन

'चन्द्रागिरि नगरभित्र बिना सुरक्षा सतर्कता, खुल्लम खुल्ला मासु ओसारपसार, नियमन निकाय मौन'

विज्ञापन

शोणितपुर खबर

विज्ञापन

काठमाडौं । चन्द्रागिरि नगरभित्र बिना सुरक्षा सतर्कता, खुल्लम खुल्ला मासुजन्य कारोबार र ओसारपसार भइरहेको छ ।

लामो समयदेखि चन्द्रागिरि नगरपालिकाभित्रका बधशालाहरू, मासु बिक्री केन्द्रहरू , बध गरिने पशुपन्छीहरूको अवस्था र जनस्वास्थ्यसँग जोडेर सरोकारवाला स्थानीयहरूले आवाज उठाइरहेको भएपनि त्यस विषयमा मासु व्यवसायी, स्थानीय सरकार , नियामक निकाय तथा उपभोक्ता हित सम्बन्धि काम गर्ने संघ संस्थाहरू किन मौन छन् ? प्रश्न उठेको छ ।

मुख्यतः चन्द्रागिरि नगरपालिकास्थित बलम्बु , चेकपोस्ट, थानकोटको छुकिन टोल, गोदाम, खरिबोट लगायत क्षेत्रमा मासुका लागि पशुपन्छी काटमार गरिने बधशालाहरू संचालनमा छन् ।

हुन त बधशाला भनिए पनि मासु तयार गरिने ती स्थानहरू बधशालाको मापदण्डभित्र पर्दैनन् !

एक मासु बिक्रेता ( नाम उल्लेख नगर्ने शर्तमा ) को भनाइ अनुसार “जथाभावी र अव्यवस्थित पशुपन्छी काटमार गर्नु हाम्रो रहर नभई बाध्याता भएको” बताए !

उनका अनुसार नीति निर्माण तहमा बसेकाहरूलाई बारम्बार आफुहरूले व्यवस्थित बधशाला निर्माण गर्नका लागि निश्चित स्थान तोकिदिन आग्रह गरेको तर त्यस सम्बन्धमा प्रक्रिया अगाडि बढ्न नसकेकाले आफुहरूले यथास्थिति मै आफ्नो काम गरिरहनु परेको स्विकारे ।

यद्यपि , व्यवसायीहरूको भनाइ जे जस्तो भएपनी जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने यस्ता गतिविधिहरूले जनस्तरमा जटिल असर पारिरहेको स्थानीय थानकोट निवासी अनिश खड्गीले गुनासो पोखे ! उनले मापदण्ड विपरीत जथाभावी बस्तिभित्रै मारकाट गर्ने कार्यले गाउँ नै दुर्गन्धित हुने गरेको झन् गर्मी मौसममा घर मै बस्न नसकिने अवस्था हुने भएकाले यसमा सम्बन्धित व्यापारी र सरोकारवाला निकायले समय मै ध्यान नपुर्याए स्थानिय बासिन्दाहरूले बाध्य भएर कानुनी उपचार खोज्ने
बताए ।

त्यस्तै , चन्द्रागिरिनगरपालिका वडा नं ७ चेकपोस्ट निवासी निरज मानन्धरले एकाबिहानै मासु बोक्ने गाडीहरू खुल्लम खुल्ला कुद्ने गरेको तर ट्राफिक र प्रहरी प्रशासनले नदेखे जस्तो गरिदिनाले यस्तो गतिविधि निरन्तर चलिरहेको बताए ।

उनका अनुसार मासु बोक्ने गाडीहरूले मासु नछोपी, नढाकिकन नै खुल्ला रूपमा ओसारपसार गर्ने गरेको पाइएको छ ।

बधशालादेखी विभिन्न खुद्रा बिक्री पसलसम्म अव्यवस्थित र खुल्ला रूपमा मासु ओसारपसार गरिने हुँदा सडकका विषाक्त धुलो , धुवाँ र विभिन्न संक्रामक रोगहरूको जोखिम हुने र यसले मानव स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको विशेषज्ञहरू बताउँछन् ।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

दक्षिण कोरियामा व्यापक प्रदर्शन

अयोध्याबाट जनकपुर आइपुगे जन्ती

चन्द्रागिरि सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मानन्धर

मुक्तिनाथमा १ करोड १ लाख १ हजार १ सय १ दिप प्रज्वलन गरिने

तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

सुदूरपश्विचिमको उत्कृष्ट सुरुवात विराटनगर ९२ रनमा अलआउट

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत