काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मंगलोदय माध्यामिक विद्यालयमा अध्ययन गर्ने एकजना विद्यार्थी हिजोदेखी सम्पर्कविहीन भएका छन् ।
विज्ञापन
विद्यालय पोशाकमा दहचोकस्थित ठुलोबुबाको घरबाट स्कुल निस्किएका १५ वर्षका दिनेश रेग्मी घर नफर्किएपछि
आफन्तले खोजी गरेका थिए ।
विज्ञापन
मंगलोदय स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेका उनी दैलेख भगवतीमाई गाउँपालिका ३ मेहलतोलीका बासिन्दा हुन् ।
अध्ययनको शिलशिलामा दहचोकस्थित ठूलोबुबा प्रकाशराज रेग्मीको घरमा बस्दै आएका दिनेश अकस्मात सम्पर्कविहिन भएपछि परिवारजनले उनको खोजीका लागि सबैमा अनुरोध गरेको छ ।
प्रहरी प्रशासनले समेत उनको तिव्र खोजी गरिरहेको छ भने कसैले कतै देख्नुभए बालकको ठूलोबुबा प्रकाशराज रेग्मीको ९८५१०२७८२४ मा सम्पर्क गरि सहयोग गर्न समेत अपिल गरिएको छ ।