विज्ञापन

'निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने'

विज्ञापन

निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निदेशनमा चलचित्र निर्माण हुने उनले बताए।

चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको बताइएको छ । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दशक समक्ष पुर्याउन लगिएको बताए।

उनले भने, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । माघमै हामी छायाङ्कन गर्दैछौँ ।”

ओजस्वी केसी निर्माता रहनुभएको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गर्नेछन्। चलचित्रमा विपीन कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनिल थापालगायतका कलाकारले अभिनय गर्नेछन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रथम उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग-फु प्रतियोगिता सम्पन्न

मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक

स्थानीय तहको ३७ अर्ब बढी वित्तीय समानीकरण अनुदान कटौती

नेपाल एपिएफ अस्पताल बलम्बुद्वारा चन्द्रागिरि नगरपालिका सम्मानित

कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट

प्रेम दिवसको अवसरमा कवि मौन आवाजका ३ कविता

एकीकृत समाजवादीकाे स्थायी कमिटी र पोलिटब्यूरो बैठक फागुन ६ र ७ गते बस्ने

त्रिशूली नदीमा मोटरसाइकल दुर्घटना अपडेटड: बेपत्ता चालकको खोजी गर्न गोताखोर परिचालन