विज्ञापन
No data was found

'चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन'

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले खाद्य अनुगमन तीब्र बनाएको छ । संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र किराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल)  उद्योग एवं दूधजन्य डेरी उद्योगमा अनुगमनलाई तीव्रता दिएको छ ।

विज्ञापन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ती प्रयोगशाला  ‘फुडल्याब भ्यान’ मार्फत स्थलगत रुपमा परीक्षण गरिएको सो अनुगमन टोलीमा  चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रतिनिधि  रहेका थिए ।

विज्ञापन

गत पुस २६ गते सो टोलीले अनुगमनका क्रममा चन्द्रागिरि– १२ स्थित बलम्बुमा रहेको ह्वाइट हिमालयन मिल्क प्रालिले बिक्रीवितरणका लागि तयार गरेको दूधको परीक्षण गर्दा अखाद्य बस्तु अर्थात ‘न्युट्रलाइजर पोजेटिभ’ भेटिएको र तत्काल ६०० लिटर दूध नष्ट गरेको थियो । साथै सो उद्योगबाट उत्पादित अखाद्य घिउ, नौनी तथा पनिर समेत अनुगमन टोलीले नष्ट गरेको थियो ।  नगरपालिकाले सो उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दुईलाख जरिवाना गराइएको जनाइएको छ ।

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ अनुसार  सो उद्योगको दूधको गुणस्तर मापदण्ड जाँच गरिएको थियो । अनुगमन टोलीले चन्द्रागिरि वडा नम्बर ११, १२ र १४ मा सञ्चालित विभिन्न तोरी मिलको अनुगमन समेत गरेको नगरपालिकाले जनाएको छ । यसक्रममा ती मिलबाट उत्पादित तेलको गुणस्तर जाँच गर्दा अखाद्यवस्तु मिसावट गरेको नभेटिएको  चन्द्रागिरि नगरपालिका उद्योग, वाणिज्य तथा व्यवसाय प्रवर्द्धन शाखाले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु