विज्ञापन



काठमाडौँ । चन्द्रागिरि नगरपालिका थानकोट गोदाम चोकमा बसपार्क राख्न वडा नं ४ ले सिफारिस गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित थानकोट गोदाम चोकमा परम्परागत रूपमा रहेको बसपार्क कलंकीमा सरेको लामो समयपछि पुनः त्यही क्षेत्रमा बसपार्क राख्न वडाले नारायणी बस व्यवसायी संघ हेटौंडा, मकवानपुरलाई पत्राचार गरेको हो ।
यहि माघ ४ गते जारी गरिएको उक्त पत्रमा गोदाम चोकमा बसपार्क राख्दा गोदामबाट चित्लाङ-पालुङ्गका स्थानियलाई आवत जावत गर्न सहज हुने, लोकल गाडी चढ्न सहज हुने, गोदामका स्थानीय बासिन्दालाई पायक पर्ने, थानकोट अस्पतालमा आवत जावत गर्न बिरामीलाई यातायातको सुविधा हुने तथा बजार व्यवस्थापन गर्न समेत सहज हुने भनी स्थानीयले बसपार्क राख्न माग गरेपछि वडाले सिफारिस गरेको व्यहोरा उल्लेख गरिएको छ ।