विज्ञापन
No data was found

'भक्तपुरमा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा'

काठमाडौँ । भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रम शनिबार भक्तपुरको दरबार क्षेत्रमा एक भव्य समारोहबीच सम्पन्न भयो ।

विज्ञापन

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार ऊर्जा, जल तथा सिंचाइ मन्त्री दिपक खड्का, नेपालका लागि चिनियाँ राजदूत छन सङ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र नेपाल टुरिजम बोर्डका सीईओ दिपकराज जोशीले संयुक्त रुपमा चिनियाँ नयाँ वर्षको लोगो अनावरण गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२५ को औपचारिक ब्यानर अनावरण गरी महोत्सव शुभारम्भ गरेका थिए ।

विज्ञापन

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा घोषणा गरेको बताउँदै भ्रमण वर्षसफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताए।

‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाँचहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित