विज्ञापन
No data was found

'नेपाललाई ऐतिहासिक सफलताः पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा'

काठमाडौँ – महिला टोलीले खो खो विश्वकपको फाइनलमा पुगेर इतिहास रचेको केही घन्टामै नेपाली पुरुष टिमले पनि फाइनलमा स्थान बनाएको छ। कुनै पनि विश्वकपको फाइनलमा पुगेको नेपालको यो ऐतिहासिक अवसर हो।

विज्ञापन

शनिबार भएको पुरुषतर्फको विश्वकप सेमिफाइनलमा नेपालले इरानलाई हरायो। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको खेलमा नेपालले इरानलाई ७२–२० ले हराएर इतिहास रचेको हो।

विज्ञापन

यसअघि शुक्रबार भएको क्वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यसअघि नेपाल समूह उपविजेता बन्दै क्‍वार्टरफाइनलमा पुगेको थियो। समूह ‘ए’ मा नेपालले ४ खेलबाट ६ अंक जोडेर अघिल्लो चरणमा स्थान बनाएको थियो।

समूहमा नेपाल भारतसँग ४१–३७ ले पराजित भए पनि त्यसपछि नेपालले ब्राजिललाई १३४–८ र पेरुलाई ८०–३४ ले हराउन सफल हुँदा अन्तिम खेलमा भुटानलाई ९८–८ ले हराउन सफल भएको थियो।

यसअघि आजै भएको खेलमा नेपाली महिला खो खो टोलीले पनि फाइनलमा स्थान बनाएको थियो। फाइनल प्रवेश गर्ने क्रममा नेपाली महिला टोलीले युगान्डालाई पराजित गर्दै नेपालले एतिहासिक रुपमा फाइनलमा स्थान बनाएको थियो।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हराउन सफल भएको थियो।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित