विज्ञापन
No data was found

'चन्द्रागिरिमा क्रिकेट प्रशिक्षण सुरु'

काठमाडौँ । चन्द्रागिरिको थानकोट त्रिभुवन पार्कमा आजदेखि क्रिकेट प्रशिक्षण सुरु भएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकामा यही वर्ष दर्ता भइ क्रिकेटको विश्वव्यापी लोकप्रियता र क्रिकेट खेलको संस्थागत विकास एवम् विस्तार गर्न स्थापना गरिएको चन्द्रागिरि क्रिकेट एशोसियसन नेपालले आयोजना गरेको सो प्रशिक्षण कार्यलाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी हात्तिवनको सहयोग रहेको बताइएको छ ।

विज्ञापन

माघ २६ गतेसम्म संचालन हुने सो प्रशिक्षण कार्यको आज चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, वडा नं ४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी लगायतको उपस्थितिमा प्रारम्भ गरिएको हो ।

नेपाल क्रिकेट एसोसिएसन (क्यान)को समेत सहभागिता रहने उक्त क्रिकेट प्रशिक्षण वडा नं ६ मा रहेको प्रस्तावित नगरस्तरिय मदन भण्डारी क्रिकेट मैदान र थानकोट त्रिभुवन पार्कमा संचालन गरिने चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपालका अध्यक्ष प्रजिवन प्रधानले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु