विज्ञापन

'कीर्तिपुरमा प्रथम ‘राजकुमार नकर्मी स्मृति फुटसल प्रतियोगिता’ फागुन ९ र १० गते हुने'

काठमाडौं । कीर्तिपुर नगरपालिका र युनिक युनाइटेड कीर्तिपुरको संयुक्त आयोजनामा स्वर्गीय राजकुमार नकर्मीको सम्मानमा प्रथम ‘राजकुमार नकर्मी स्मृति फुटसल प्रतियोगिता’ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी फागुन ९ र १० गते कीर्तिपुर-३, खासीबजारस्थित इलाईट फुटसल मैदानमा सञ्चालन गरिनेछ।

विज्ञापन

प्रतियोगितामा भाग लिन इच्छुक टिमहरूका लागि दर्ता प्रक्रिया खुला गरिएको छ। आयोजकका अनुसार प्रत्येक टिमले सहभागी हुनका लागि रु ८,००० टिमदर्ता शुल्क बुझाउनुपर्नेछ। प्रतियोगिताले खेल क्षेत्रको प्रवर्द्धन गर्नुका साथै कीर्तिपुरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।

यस प्रतियोगितालाई सफल बनाउन स्थानीय समुदाय, खेलप्रेमीहरू तथा सम्बन्धित निकायहरूको सहकार्य महत्वपूर्ण हुने आयोजकहरूको भनाइ छ। साथै, प्रतियोगिता खेलकुदमैत्री वातावरण निर्माण गर्दै स्व. राजकुमार नकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज, आधुनिक बीरगंज निर्माणको बाटो खुल्यो

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी

चार देशीय सिरिजमा आज नेपालले नामिबियाविरुद्ध खेल्दै

चन्द्रागिरिमा युवकले गरे आत्मदाह प्रयास, स्थानीयद्वारा उद्धार

रुससँग ३० दिन अस्थायी युद्धविराम गर्न युक्रेन सहमत

पूर्व प्रधानमन्त्री प्रचण्ड रुपन्देही जाँदै, यस्तो छ दिनभरको कार्यतालिका

धार्मिक, सांस्कृतिक, ऐतिहासिक मातातीर्थ कुण्ड

चन्द्रागिरि १० ले आफ्नो वडा बालश्रम मुक्त घोषणापछि अनुगमनलाई तीब्रता दिँदै