विज्ञापन

'त्रिशूली नदीमा मोटरसाइकल दुर्घटना अपडेटड: बेपत्ता चालकको खोजी गर्न गोताखोर परिचालन'

काठमाडौँ । नारायणगढ–काठमाडौँ सडक खण्डबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा बेपता चालक रोहित रानाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।

विज्ञापन


शुक्रवार बिहान ११ः ५५ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल चितवनको ईच्छाकामना गापा–५ चट्टाने भीर (कालीखोला) मा डिभाइडरमा ठोक्किएर  त्रिशूली नदीमा खस्दा राना बेपत्ता भएका थिए ।


नदीमा बेपत्ता रानाको खोजी कार्यका लागि गोताखोर परिचालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  


खोजी कार्यका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको टोली परिचालन भएको थापाले बताए ।  

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा नचल्‍ने

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

काठमाडौं आउँदै गरेका २ जना नागढुङ्गाबाट रंगेहात पक्राउ

पाथीभरा केबलकार विरुद्ध सर्वोच्चमा रिट

चन्द्रागिरि यातायात कार्यालयका १७ जना पक्राउ

यस वर्षको एसइई आजदेखि, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी हुँदै

बागमती प्रदेशले माग्यो तामाङ भाषा र नेपाल भाषाका अनुवादक

सडक पेटीमा गाडी, मान्छे हिंड्न मनाही