विज्ञापन
No data was found

'एकीकृत समाजवादीकाे स्थायी कमिटी र पोलिटब्यूरो बैठक फागुन ६ र ७ गते बस्ने'

विज्ञापन

एकीकृत समाजवादीले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ ।

विज्ञापन

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।

यही फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ । केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ ।

सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ । बैठकले पार्टीको तल्लो तहदेखि सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्ने बैठकमा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे निर्णय गरिने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु