विज्ञापन



काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई नेपाल एपिएफ अस्पताल बलम्बुले सम्मान गरेको छ। नेपाल एपिएफ अस्पतालको २३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीलाई दोसल्ला ओढाइ सम्मान गरेको हो ।
चन्द्रागिरि नगरपालिका र नेपाल एपिएफ अस्पताल बीच निरन्तर भइरहेको सहयोग र सहकार्यमा चन्द्रागिरि नगरपालिका र नगर प्रमुखले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको जनाउँदै सम्मान गरेको हो।
वि सं २०५८ फागुन २ गते सो अस्पतालको स्थापना भएको थियो। अस्पतालले सशस्त्र प्रहरी बलमा कार्यरत, अवकाश प्राप्त कर्मचारीका साथै सर्वसाधारण नागरिकलाई सेवा प्रदान गर्दै आईरहेको छ।