


काठमाडौं । प्रथम उपत्यकाव्यापीबट्रेडिसनल कुङ्ग-फु प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल ट्रेडिसनल कुङ्ग-फु सोसाईटीको आयोजनामा भएको प्रथम उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग-फु प्रतियोगिताको पूर्वमन्त्री तथा बागमती सभा सदस्य पुकार महर्जको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।
आज सम्पन्न समापन कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य रमा आलेमगर, बागमती प्रदेश सभा सदस्य विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, चन्द्रागिरि नगरपालिका वडा नं ४ का अध्यक्ष तथा नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, वडा नं ३ का अध्यक्ष दुर्गालाल महर्जन लगायतको उपस्थिति रहेको थियो ।
विभिन्न १० ओटा टोलीले सहभागिता जनाएको उक्त प्रतियोगितामा दक्षिणकालीको समूह प्रथम,थानकोट शाखा दोस्रो र मङ्गलोदय स्कुल तृतीय हुन सफल भएका छन् ।
दुईदिने उपत्यकाव्यापी प्रतियोगिताको संयोजन चन्द्रागिरि शाखा अध्यक्ष कविन्द्र गोपालीले गरेका थिए भने, कार्यक्रम संचालन सोसाइटीका केन्द्रिय सचिव ओमप्रकाश श्रेष्ठले गरेका थिए । त्यस्तै, स्वागत मन्तव्य कोषाध्यक्ष मोहन बहादुर बलामीले राखेको उक्त कार्यक्रमको सभापतित्व सोसाइटीका अध्यक्ष चन्द्र प्रसाद महर्जनको रहेको थियो ।