विज्ञापन
No data was found

'‘अञ्जिला’ निर्माता श्रेष्ठले भने : नाफा नआए पनि सावाबाट एन्जिलाको घर बनाइदिन्छु!'

काठमाडौं : ‘अञ्जिला’ फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले नाफाबाट नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापोको घर बनाइदिने बताएका छन्। उनले फिल्म फाइदामा नपुगे पनि सावाबाट उनको घर बनाइदिने बताएका हुन्।

विज्ञापन

उनले एकपोडकाष्टमा भनेका छन्,‘यो फिल्मको नाफाबाट एन्जिलाको घर बनाइदिने छु,यदि फिल्म नचलेर फाइदामा नपुगे पनि आएको सावाबाट भए पनि म बनाइदिन सक्छु,यदि सावा आएन भने पनि म कुनै न कुनै बाटोबाट घर बनाइदिन्छु,साथ पाएको छु, मैले बोलेको कुरा पुर्‍याउँछु भन्ने आट छ।’

विज्ञापन

मिलन चाम्सले निर्देशक गरेको उक्त फिल्म गत बिहिबारबाट देशभर प्रदर्शनमा आएको छ। उनको बायोपिक फिल्मले यतिखेर पनि दर्शकहरूले राम्रो साथ दिइरहेका छन्। फिल्ममा सुब्बाले भोगेका दुख,संघर्ष र सफलतालाई देखाइएको छ।

दर्शकहरूले फिल्म हेरिसकेपछि ‘अञ्जिला’को प्रशंसा गर्दै आएका छन्। यतिखेर फिल्म हेरेपछि कतिपय दर्शक रोएको भिडियो टिकटक लगायत सामाजिक सञ्जाल देख्न सकिन्छ।

फिल्ममा एञ्जिला आफैं प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्ममा सुनील थापा, विजय बराल, माओत्से गुरूङ, बुद्धि तामाङ,बेदना राई,सारा राई लगायत कलाकारहरूको अभिनय छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु