काठमाडौं । चन्द्रागिरि नगर सहकारी समन्वय समितिको आयोजना र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा चन्द्रागिरि नगरपालिका भित्रका सहकारीहरूको संचालक समिति वा व्यवस्थापनबाट २ जनासम्म नेपाल वित्तिय प्रतिवेदन मानहरु (साना तथा मझौला संस्थाहरू) (Nepal Financial Reporting Standards for SMEs) सम्बन्धी ३ दिने तालिम संचालन हुने भएको छ ।
विज्ञापन



चैत्र ५ देखि ११ गतेसम्म हुने ३ दिने उक्त तालिम प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन गरिने समितिका सचिव राजेन्द्र महर्जनले जानकारी दिएका छन् ।
चन्द्रागिरि नगरपालिकाको सभा कक्षमा हुन लागेको उक्त तालिममा सहभागी हुनका लागि २०८१ चैत्र ७ गते भित्र नाम दर्ता गरिसक्नु पर्नेछ भने तालिममा सहभागी हुन चाहने प्रति व्यक्ति बापत ३ हजार शुल्क लाग्ने बताइएको छ ।