विज्ञापन
No data was found

'पाटन संयुक्त क्याम्पसमा झडप, चार जना घाइते'

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच मंगलबार झडप भएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबीच झडप भएको हो । झडपका क्रममा चार जना घाइते समेत भएका छन् ।

विज्ञापन

फर्जी मतदाता बनाएर मतदान गराएकोमा त्यसलाई रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताए । झडपका क्रममा अनेरास्ववियुका चार जना घाइते भएका बताइएको छ । आक्रमणबाट दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी, समिक राई घाइते भएका छन् ।

विज्ञापन

फर्जी मतदातालाई मतदान गर्न दिएको विषयमा विवाद उठेपछि पाटन क्याम्पसमा एक सय जनाले मतदान गरेपछि स्थगित भएको थियो । त्यसपछि विवाद समाधान गर्ने प्रयास सफल हुन सकेन । अहिले निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने

“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”

साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका

थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन