काठमाडौं । पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच मंगलबार झडप भएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबीच झडप भएको हो । झडपका क्रममा चार जना घाइते समेत भएका छन् ।
विज्ञापन



फर्जी मतदाता बनाएर मतदान गराएकोमा त्यसलाई रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताए । झडपका क्रममा अनेरास्ववियुका चार जना घाइते भएका बताइएको छ । आक्रमणबाट दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी, समिक राई घाइते भएका छन् ।
फर्जी मतदातालाई मतदान गर्न दिएको विषयमा विवाद उठेपछि पाटन क्याम्पसमा एक सय जनाले मतदान गरेपछि स्थगित भएको थियो । त्यसपछि विवाद समाधान गर्ने प्रयास सफल हुन सकेन । अहिले निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।