विज्ञापन

'कमर्श क्याम्पसको सभापतिमा अनेरास्ववियुले बाजी मार्‍यो, सचिव र कोषाध्यक्ष नेविसंघ विजयी'

काठमाडौं । नेपाल कमर्श क्याम्पस, मिनभवनमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । उनले १,०५३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भए ।

विज्ञापन

सभापति पदका लागि भएको प्रतिस्पर्धामा नेविसंघका रविन वलीले ८६० मत ल्याउँदै दोस्रो स्थान हासिल गरे । त्यस्तै, अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ मत प्राप्त गरे भने अखिल समाजवादीका सलुन खड्का (रकेट)ले ५७ मत प्राप्त गरे ।

सचिव पदमा नेविसंघकी ज्ञानु दाहालले ९९४ मत प्राप्त गरी विजयी भए भनेअनेरास्ववियुका मिलन ओझाले ९२९ मत पाए । अन्य प्रतिस्पर्धीहरूमा सन्देश कुमार थिङले ११० मत र दिपक खड्काले १०७ मत पाए ।

कोषाध्यक्ष पदमा नेविसंघका सुशील खड्काले १,०७७ मत प्राप्त  गरी विजयी भए भनेअनेरास्ववियुका सौगात पुरीले ९३९ मत ल्याए । यसैगरी, अखिल क्रान्तिकारी बहुमतकी सम्झना खड्काले १४० मत प्राप्त गरिन् भने राप्रविसंघका चक्रे चलाउनेले ३७ मत पाए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

१२ कक्षाको परीक्षा स्थगित भएको हो ? यस्तो छ बोर्डको विज्ञप्ति

प्रधानमन्त्री ओलीद्वारा भरतपुरमा नवनिर्मित ६ लेनको सडक उद्घाटन

राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने

पदाधिकारी बैठकमा देउवाले भने: कांग्रेसले चाहेको व्यक्ति गभर्नर बन्छ, दुई दिन त धैर्य गर्नुस्

रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले दिईन पदबाट राजीनामा

विश्वप्रसिद्ध वक्ता, गिनिज वर्ल्ड रेकर्ड होल्डर प्रेम रावतले रुपन्देहीमा सम्बोधन गर्ने

कीर्तिपुर क्रिकेट मैदानको छड्के अनुगमन गर्दै शहरी विकास मन्त्री सिंह

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, बागमती प्रदेशमा लिमा अधिकारी