विज्ञापन
No data was found

'काठमाडौँ महानगरपालिकामा डिजिटल प्रविधिको सशक्त कार्यान्वयन सेवा प्रभावकारी बनाउन वडास्तरमै निरीक्षण सुरु'

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सेवा प्रणालीलाई प्रभावकारी बनाउन वडास्तरमै निरीक्षण अभियान सुरु गरेको छ। महानगरको प्रशासन विभाग र सूचना प्रविधि विभागका अधिकारीहरू वडाहरूमा पुगेर अनलाइन सेवा प्रणालीको अवस्था अवलोकन गर्दै सहजीकरणमा जुटेका छन्। मंगलबार सुरु गरिएको यो अभियानअन्तर्गत वडा नं। १६, १, र २६ मा अनलाइन सेवा सञ्चालनको निरीक्षण गरिएको छ।

विज्ञापन

निरीक्षणका क्रममा जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीहरूसँग छलफल गरी प्रणाली सञ्चालनमा देखिएका चुनौती, सुधार आवश्यकताहरू तथा प्रविधिको प्रभावकारी कार्यान्वयनका उपायहरू टिपोट गरिएको छ। हाल महानगरपालिकाले आफ्नै विकसित ३२ वटा प्रणाली सञ्चालनमा ल्याइसकेको छ, जसमा संघीय सरकार तथा विभिन्न निकायका डिजिटल प्रणालीहरू समेत समावेश छन्।

विज्ञापन

अबको आवश्यकता स्मार्ट यातायात प्रणाली, प्रिपेड मेट्रो कार्ड, स्मार्ट ग्रिड आधारित खानेपानी तथा विद्युत् वितरण, स्वचालित संकेत बत्ती, डिजिटल पार्किङ सेवा, व्यवस्थित फोहोर व्यवस्थापन, र स्मार्ट पूर्वाधार विकास लाई अझ प्रविधिमैत्री बनाउँदै लैजानु रहेको छ।

महानगरपालिकाले विद्युतीय सेवा प्रणालीलाई व्यापक बनाउन वडास्तरमै अनुगमन तथा सहजीकरण गर्दैछ। प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीको क्षमता अभिवृद्धि, प्रविधिगत पूर्वाधार विस्तार, र डिजिटल प्रणाली सुधार महानगरको प्राथमिकतामा रहेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै

अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म आजदेखि रात्रिकालीन बस सुरु हुँदै