विज्ञापन

'रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने'

काठमाडौं । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

विज्ञापन

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए ।

अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने तथा सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णय भएको उनले जानकारी दिए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

१२ कक्षाको परीक्षा स्थगित भएको हो ? यस्तो छ बोर्डको विज्ञप्ति

प्रधानमन्त्री ओलीद्वारा भरतपुरमा नवनिर्मित ६ लेनको सडक उद्घाटन

राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने

पदाधिकारी बैठकमा देउवाले भने: कांग्रेसले चाहेको व्यक्ति गभर्नर बन्छ, दुई दिन त धैर्य गर्नुस्

रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले दिईन पदबाट राजीनामा

विश्वप्रसिद्ध वक्ता, गिनिज वर्ल्ड रेकर्ड होल्डर प्रेम रावतले रुपन्देहीमा सम्बोधन गर्ने

कीर्तिपुर क्रिकेट मैदानको छड्के अनुगमन गर्दै शहरी विकास मन्त्री सिंह

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, बागमती प्रदेशमा लिमा अधिकारी