विज्ञापन
No data was found

'घरायसी ग्राहकलाई कुनै हालतमा लोडसेडिङ हुन दिन्न : कुलमान'

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलममान घिसिंगले जस्तोसुकै कठिन परिस्थितिमा पनि घरायसी ग्राहकहरुले लोडसेडंग भोग्नुपर्ने स्थिति आउन नदिने बताएका छन् ।

विज्ञापन

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री दीपक खड्‌काले बुधबार राष्ट्रिय सभाको बैठकमा अब घरघरमा लोडसेडिङ हुने बताएकामा कुलमानले त्यो अवस्था नआउनेमा निर्धक्क हुन उपभोक्ताहरुसँग आग्रह गरे।

विज्ञापन

‘हामीले व्यवस्थापन गरिरहेका छौं। दिउँसो अलि धेरै आयात गरिरहेका छौं। राति पिकिङ आयोजना सञ्चालन गरिरहेका छौं,’ कुलमानले बिजमाण्डूसँग कुरा गर्दै भने, ‘जनताको घरमा कुनैपनि हालतमा लोडसेडिङ हुँदैन। निर्धक्क भए हुन्छ। पिक आवरमा पनि बिजुली पाउनेमा शंका गर्नु पर्दैन। बिजुलीको व्यवस्थापन प्राधिकरणले गर्ने भएकाले मन्त्रीको कुरा नपत्याउनुहोला।’

मन्त्रीले त लोडसेडिङ हुने घोषणा नै गर्नुभयो नि भन्ने प्रश्नमा कुलमानले भने, ‘उहाँ अहिले मलाई जसरी पनि असफल बनाउन लागिरहनु भएको छ। धेरै पटक स्पष्टीकरण सोधिसक्नुभयो। भारतबाट आयात गर्नका लागि पनि व्यवधान खडा गरिरहनुभएको छ। उहाँले जतिसुकै अवरोध गरेपनि म प्राधिकरणमा रहेसम्म जनताले लोडसेडिङ भोग्नुपर्ने छैन । ढुक्क भए हुन्छ।’

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै

अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म आजदेखि रात्रिकालीन बस सुरु हुँदै