विज्ञापन

'सडक पेटीमा गाडी, मान्छे हिंड्न मनाही'

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं १५ तीनथानास्थित बिगमार्ट अगाडिको फुटपाथ गाडी पार्किङ्ग गर्ने स्थान बनेको र यात्रुहरूलाई हिंड्डुल गर्न असहज भएको विषयमा गुनासो बढ्न थालेको छ ।

विज्ञापन

तीनथानास्थित बिगमार्ट अगाडिको फुटपाथमा विगत लामो समयदेखि मान्छे हिंड्न अप्ठ्यारो हुनेगरी माईक्रो बस राख्दा सडकपेटी प्रयाेग कर्ताहरूले गुनासो व्यक्त गरेका हुन् । यसै सन्दर्भमा स्थानीयहरूले फुटपाथमा गाडी पार्किङ गर्ने कार्यले पैदलमार्गमा समस्या उत्पन्न भएको गुनासाे गर्न थालेपछि नेकपा एमालेका चन्द्रागिरि नगर पार्टी कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले कानमा तेल हालेर बस्नु लज्जाकाे विषय भएकाे भन्दै सामाजिक संजालमार्फत अभिव्यक्ति दिएका छन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्न र पैदल मार्ग प्रयोगकर्ताहरूको सहजताका लागि निर्माण गरिएका फुटपाथहरूमा यसरी मनपरि सवारी साधन पार्किङ्ग गरिरहँदा पनि ट्राफिक प्रहरी र सम्बन्धित सरोकारवाला निकायको ध्यान नजानु चरम लापरबाहीको पराकाष्ठा भएको भन्दै स्थानीयहरूले आक्रोश पोखेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

१२ कक्षाको परीक्षा स्थगित भएको हो ? यस्तो छ बोर्डको विज्ञप्ति

प्रधानमन्त्री ओलीद्वारा भरतपुरमा नवनिर्मित ६ लेनको सडक उद्घाटन

राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने

पदाधिकारी बैठकमा देउवाले भने: कांग्रेसले चाहेको व्यक्ति गभर्नर बन्छ, दुई दिन त धैर्य गर्नुस्

रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले दिईन पदबाट राजीनामा

विश्वप्रसिद्ध वक्ता, गिनिज वर्ल्ड रेकर्ड होल्डर प्रेम रावतले रुपन्देहीमा सम्बोधन गर्ने

कीर्तिपुर क्रिकेट मैदानको छड्के अनुगमन गर्दै शहरी विकास मन्त्री सिंह

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, बागमती प्रदेशमा लिमा अधिकारी