विज्ञापन

'यस वर्षको एसइई आजदेखि, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी हुँदै'

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।

विज्ञापन

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।

यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

१२ कक्षाको परीक्षा स्थगित भएको हो ? यस्तो छ बोर्डको विज्ञप्ति

प्रधानमन्त्री ओलीद्वारा भरतपुरमा नवनिर्मित ६ लेनको सडक उद्घाटन

राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने

पदाधिकारी बैठकमा देउवाले भने: कांग्रेसले चाहेको व्यक्ति गभर्नर बन्छ, दुई दिन त धैर्य गर्नुस्

रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले दिईन पदबाट राजीनामा

विश्वप्रसिद्ध वक्ता, गिनिज वर्ल्ड रेकर्ड होल्डर प्रेम रावतले रुपन्देहीमा सम्बोधन गर्ने

कीर्तिपुर क्रिकेट मैदानको छड्के अनुगमन गर्दै शहरी विकास मन्त्री सिंह

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, बागमती प्रदेशमा लिमा अधिकारी